किसमिस खाएर यसरी सफा गर्नुहोस् कलेजो 



Download our app to get more features

एजेन्सी, २६ मंसीर ।  आजको दुनियाँमा रमाउने नवयुवक युवतीहरू स्वास्थ्यप्रति खासै ध्यान दिदैंनन् ।

जसका कारण  धेरैलाई कलेजो सम्बन्धी रोग लाग्ने गरेको छ । कलेजोको रोग पनि अन्य पनि आम रोग जस्तै भएको छ । प्रायः कलेजो सम्बन्धि रोगहरु वंशानुगत रुपमा देखिन्छ । खानपिन र वातावरणका कारण  धेरै व्यक्तिहरु कलेजो सम्बन्धी समस्याबाट पीडित हुन्छन् । कलेजो बिग्रिएपछि त्यसलाई सुधार गर्ने अथवा पहिलेकै स्वरुपमा ल्याउन कठिन हुन्छ । त्यसकारण बिग्रन अगाडि नै सचेत रहन आवश्यक हुन्छ । पेट फुलिरहनु, पेट दुखिरहनु, छाला चिलाउने, शरीरको रक्त धमनी बाहिरैबाट देखिने, लगातार वाकवाकी लाग्ने तथा विना कारण खाना नरुच्ने जस्ता समस्या कलेजो रोगको लक्षण हुन् । 

त्यसबाहेक किड्नीले सामान्य रुपमा काम गर्न छोडे, कलेजोमा समेत समस्या आउने र लगतै हातखुट्टा सुन्निने गर्दछ । त्यसो हुनासाथ डाक्टरको सल्लाह अनुसार औषधि लिन जरूरी छ ।  तर यी समस्या आउनु भन्दा पहिल्यै एक स्वस्थ व्यक्तिले घरेलु विधि मार्फत कलेजो सफा गरेमा यस्ता रोगबाट छुटकारा पाउन सकिन्छ । 

कसरी गर्ने त कलेजो सफा ?
 शुरुमा २ कप सफा पानी (९४ सय मिली) र १ सय ५० ग्राम किसमिस तयार गर्नुहोस् । सकेसम्म कालो रगंको किसमिस छान्नुहोस् र त्यसलाई सफा पानीले धुनुहोस् । त्यसपछि २ कप पानीलाई बेस्सरी उमाल्नुहोस् ।

उम्लिएको पानीमा किसमिस हालेर कम्तिमा २० मिनेट पकाउनुहोस् । त्यसरी पकाएको किसमिस पुरा एक रात उमालेको पानीमा सुक्न दिनुहोस् र बिहानै उठेर किसमिसलाई निचोरेर पानी निकाल्नुहोस् । त्यसरी निस्केको पानी खाली पेटमा पिउनुहोस् । यसले तपाँईको कलेजो सफा गर्दछ । 


एजेन्सीको सहयोगमा


 

Last modified on 2017-12-14 12:06:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts