जाडो मौसममा शरीरलाई यसरी राख्नुहोस् न्यानो



Download our app to get more features

जाडो मौसममा जसरी–जसरी तापक्रम कम हुँदै जान्छ, त्यसरी नै हाम्रो शरीरमा लुगाको संख्या थपिदै जान्छ । टाउको देखि खुट्टासम्म हामीले कति लुगा लगाउँछौँ त्यो हामी सबैलाई थाहा भएको कुरो हो । तर, एक पटक सोच्नुस्, यदी हाम्रो शरीर आन्तरिक रुपमा नै न्यायो भयो भने त्यो कति फाइदाजनक हुन्छ । हजुर, केहि यस्ता उपाय छन् जसलाई अपनाएर हाम्रो स्वास्थ्य त ठिक रहन्छ नै साथै यतिधेरै लुगा लगाईराख्नु पनि पर्दैन् । तपार्इंलाई थाहा भएको कुरा हो, हाम्रो खानपानले हाम्रो शरीरलाई ऊर्जा दिने काम गर्छ । जसले शरीरको तापक्रम बढ्न थाल्छ । खानामा केहि विशेष मसालाहरुको प्रयोग गर्नाले शरीरमा ऊर्जा बढ़ाउने काम गर्छ । अदुवा हालेको चिया, मसालेदार चिया र ग्रीन टी पीउनु जाडोको समयमा विशेष रूपले फाइदाजनक मानिन्छ । यस बाहेक केहि यस्ता मसाला पनि छन् जसको सेवनले शरीरलाई न्यानो राख्न सकिन्छ । 

१.जीरा 
जीरा को प्रयोग हामी सामान्यतया तरकारी अथवा दाल झान्नका लागि प्रयोग गर्ने गर्छौ । जाडोको समयमा जीरा को प्रयोग गर्नाले शरीर न्यानो रहन्छ । 

२.अदुवा 
जाडोमा धेरै तरिकाले प्रयोग गर्न सकिने तत्व हो अदुवा । यदी तपार्इं चाहनु हुन्छ भने चियाँमा हालेर पिउन सक्नु हुन्छ । अथवा काढाँमा हालेर पनि अदुवाको प्रयोग गर्न सक्नुहुन्छ । 

३.दालचीनी
दालचीनी मसालेदार चियाको बारेमा तपाईंले सुन्नु भएको होला । चियामा दालचीनीको प्रयोगले चियाको स्वाद बढाउनुका साथै शरीरलाई पनि न्यानो बनाउँछ । दालचीनीले रक्त सञ्चारलाई पनि नियंन्त्रणमा राख्न मद्दत गर्छ । 

४. मरिच  
मरिचको प्रयोग तपाईले चियामा गर्न सक्नु हुन्छ र तरकारी अथवा सलादमा पनि गर्न सक्नु हुन्छ । मरिचको सेवनले विभिन्न प्रकारको संक्रमण हुने खतरा कम हुन्छ, साथै शरीरको तापक्रमलाई पनि बढ़ाउँछ । 

५. सुकुमेल 
जाडोमा सुकुमेल राखेको चिया पीउनु धेरै फाइदाजनक हुन्छ । सुकुमेलले शरीरलाई न्यानो राख्ने काम गर्छ । साथैँ मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ ।  

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-12-17 17:07:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts