कुपोषणले आउँदो वर्ष ४ लाख बालबालिकाको मृत्यु हुन्छ – युनिसेफ



Download our app to get more features


संयुक्त राष्ट्रसङ्घ, २८ मङ्सिर (रासस÷सिन्ह्वा) :राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले आउँदो वर्ष सन् २०१८ मा मात्रै कङ्गोमा चार लाख बालबालिकाको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । 

कुपोषणको अवस्था अहिलेकै जस्तै रहे मृत्यु हुनेको संख्या भयावह हुनसक्ने युनिसेफले बुधबार चेतावनी दिएको हो । युनिसेफले आयोजना गरेको पत्रकार सम्मेलनमा सबैभन्दा धेरै कसाई क्षेत्रमा मृत्यु भएको पाइएको जानकारी दिइएको छ । 
विभिन्न खालका हिंसा, आम विस्थापन र न्यून गुणस्तरको कृषि उत्पादनका कारण गत १८ महिनाको अवधिमा ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको छ । 

ती ठाँउहरूमा सुरक्षाको अवस्था पनि कमजोर भएको, विस्थापित भएकाहरू आफ्नो गाँउघरतर्फ फर्किन लागेको र मानवअधिकारको अवस्था नाजुक रहेको अधिकारीहरूले बताएका छन् । 
ठूलो क्षेत्रमा धेरै जनामा खाद्य असुरक्षा देखिएको र आउँदो सन् २०१८ को जुनसम्ममा सुधार हुने अवस्था पनि देखिएको छैन । 

स्वास्थ्य सेवा खस्कीदै गएको, सबैलाई उपचार सेवा पु¥याउन गाह्रो भइरहेको र कुपोषण भएका बालबालिकालाई पर्याप्त हेरचाह हुन नपाएकाले मृत्यु हुनेको संख्या बढ्ने देखिएको युनिसेफको ठम्याई छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts