स्मार्ट बच्चा चाहनुहुन्छ भने खानामा समावेश गर्नुस् यि तत्व



Download our app to get more features


यदि तपाईँ चाहानुहुन्छ, कि तपाईँको हुनेबाला बच्चा तेज दिमाग र स्मार्ट होस भने पोषक तत्वले भरिपूर्ण खानाको साथै भिटामिन खान नबिर्सनुहोस । 

हार्वर्ड, क्यालीफोर्निया र ल्यान्केस्टर यूनिभर्सिटीमा ९ देखि १२ वर्ष उमेरका ३ हजार बच्चाहरुमाथि एक अध्ययन गरियो । जस अध्ययनका अनुसार गर्भवति अवस्थामा जुन महिलाहरु भिटामिन सप्लिमेन्ट्स खान्छन् उनको बच्चा भिटामिन नखाने बच्चाहरुको तुलनामा बढी स्मार्ट र तेज दिमागका हुन्छन् । 

यूनिभर्सिटी अफ क्यालिफोर्नियाका डाक्टर एलिजाबेथ प्राडोका अनुसार, गर्भावस्थाको समय आमाको खानपानको प्रभाव हुनेबला बच्चाको संज्ञानात्मक क्षमतामा पनि पर्छ ।

गर्भावस्थाका बेला फोलिक एसिडका साथ–साथै रिबोफ्लेविन, नियासिन र भिटामिन बी १२, भिटामिन सी र भिटामिन डी खाने महिलाहरुका बच्चामा सोच्ने बुझ्ने क्षमता बलियो हुन्छ र उनीहरुको अन्य ठाउँमा पनि राम्रो प्रदर्शन हुन्छ ।

अध्ययनकर्ताका अनुसार गर्भावस्थाका बेला खाना मात्र खानाले यि सबै पोषक तत्वहरु भरपूर र पर्याप्त मात्रामा प्राप्त हुदैँन । त्यसैले खानाको साथ–साथै भिटामिन सप्लिमेन्ट्स पनि खानु जरुरी हुन्छ । 

तेज दिमाग बच्चाका लागि कस्तो खाना ?  

सुरुको तीन वर्षको क्रममा जुन बच्चा ताजा फल, हरीयो साग–तरकारी, माछा र अन्न खान्छन् उनको विद्यालयमा राम्रो प्रदर्शन र राम्रो नतिजा आउँछ ।

बच्चाको आत्मविश्वास बढाउन 

यूनिभर्सिटी अफ ईस्टर्न फनिल्याण्डको हालै गरिएको अध्ययन रिपोर्टमा भनिएको छ, “मानसिक र शारीरिक रुपले स्वस्थ रहन र सँधै स्वस्थ अनुभव गर्ने बच्चाहरुमा आत्मविश्वास बढी हुन्छ ।” 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-12-15 15:42:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts