यी सात सजिलो काम जसले तपाईंलाई रोगबाट राख्छ टाढा



Download our app to get more features

बदलिँदो मौसम र खराब जीवनशैलीका कारण आजभोलि मानिसहरु धेरै बिरामी हुने गरेका छन् ।

व्यस्त जीवनशैली, खराब खानपान र प्रदूषणले गर्दा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमतापनि धेरै नै कम हुँदै गएको छ, जसका कारण उनीहरु सजिलै रोगहरुको शिकार हुने गर्छन् । तर, ७ यस्ता उपाय छन् जसले तपाईँलाई सँधै रोगबाट टाढा राख्नमा मद्दत गर्छ ।

१. मानिसहरु अचेल धेरै तनावमा रहन थालेका छन् । तनावले मानिसलाई भित्र–भित्रै कमजोर बनाउँछ । त्यसैले जरुरी छ, तपाईँ आफ्नो जीवनबाट तनावलाई टाढै राख्नुस ।

२. सरसफाईमा ध्यान दिनु आवश्यक हुन्छ । धेरैजसो रोग फोहोर कै कारण हुने गरेको पाइन्छ । फोहोरमा व्याक्टेरिया हुने र त्यसले तपाईँलाई रोगको मुखमा धकेल्ने गर्छ ।

३. वरपरका स्थान मात्र होइन, शरीरको सफाईमा पनि ध्यान दिनु पर्छ । खाना खानु भन्दा पहिले सँधै साबुन पानीले हात धुने बानी बसालौँ ।

४. थकान महसूस भएमा आराम गरिहाल्नु पर्छ । थकाई लागेको समय बाहिर जानु हुँदैन । किनभने थकाई लागेर पनि यदि तपाईँ बाहिर जानुहुन्छ भने बिरामी हुने खतरा बढेर जान्छ । 

५. नियमित रुपले दैनिक कम्तिमा पनि आधा घण्टा व्यायाम गर्नु पर्छ ।

. आफ्नो खानामा ध्यान दिनुपर्छ । खानामा प्रोटीन र भिटामिन सँधै समावेश गर्नुपर्छ । फास्ट फूडबाट सकेसम्म टाढै बस्नु पर्छ ।

७. डाक्टरको सल्लाह बिना कुनै पनि औषधिको सेवन गर्नुहुँदैन । साथै सानो–सानो  रोग लागेमा वा पिडा भएमा पेन किलर खानु हुन्न । पेन किलर स्वास्थ्यका लागि धेरै नै हानिकारक हुन्छ ।


(एजेन्सीको सहयोगमा)

Last modified on 2017-12-17 13:18:03

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts