चीनमा संक्रामक रोगका कारण नोभेम्बरमा मात्रै दुई हजार व्यक्तिको मृत्यु



Download our app to get more features

बेइजिङ (चीन) ३ पुस  । चीनमा संक्रामक रोगका कारण करिब दुई हजार जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले सोमबार जनाएको छ । 

नोभेम्बरमा पाँच लाख ७७ हजार २४७ जना संक्रामक रोगका कारण विरामी भई उपचारका लागि अस्पतालमा पुगेकोमा एक हजार ९५८ जनाको मृत्यु भएको आयोगले जनाएको छ । 

मृतकमा प्राय योनजन्य रोगको सङ्क्रमण र क्षयरोग तथा भाइरल ज्वरोको समस्या भेटिएको बताइए पनि हैजा तथा महामारीका समस्याका कारण भने कसैको मृत्यु नभएको आयोगले जनाएको छ । 

मृतक बिरामीहरूमा जटिल श्वासप्रश्वास, भ्यागुते रोग, तथा बर्ड फ्लुका जिवाणु पनि नभेटिएको चिनियाँ अधिकारीले जनाएका छन् । (रासस-सिन्ह्वा)

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts