२४ वर्ष फ्रिज गरिएको भ्रूणबाट बच्चा जन्मियो

प्यारो चमात्कार  भएको चिकित्सकहरुको भनाई



Download our app to get more features

बीबीसी, ६ पुष । अमेरीकामा २४ वर्ष पहिला फ्रिज गरेर राखिएको मानविय भ्रूणबाट एक बच्ची जन्मिएकी छिन् ।

आइवीएफको इतिहासमा यो संभवत यो घटना अहिलेसम्मकै धेरै वर्ष फ्रिज गरिएको भ्रूण हुन सक्ने बीबीसीले लेखेको छ । 

अमेरीकामा यस भ्रूणलाई एक परिवारले एक संस्थालाई दान दिएका थिए । जुन महिलाले यस भ्रूणलाइ जन्म दिएकी थिइन् उनी यस भ्रूण फ्रिज गर्दा मात्रै डेढ वर्षकी थिइन् । भ्रूण फ्रिजबाट जन्मेकी बच्चीको नाम एमा रेन गिब्सन राखिएको छ । 

एमाको भ्रूण फ्रिज गरेर २४ वर्षसम्म राखिएको थियो । यहि वर्षको मार्चमा उक्त भ्रूण टीना गिब्सनको गर्भमा राखिएको थियो । एमाको जन्म नोभेम्बरमा भएको हो । २६ वर्षकी टीनाले सीएनएनसँग कुराकानी गर्दै बताएकी छिन्–तपाइ अनुमान गर्न सक्नुहुन्छ? म जम्मा २५ वर्षकी छु,अब यो भू््रण र म बेस्ट फ्रेण्ड पनि हुन सक्छौं । उनी अगाडि भन्छिन्–मलाई मात्र एउटा बच्चा चाहिएको थियो र मलाई यसको केही प्रवाह छैन् की यो घटना विश्व रेकर्डसँग जोडिएको होस् वा नहोस् ।

राष्ट्रिय भ्रूण दान केन्द्र नामक संस्थाले निशेचित भ्रूण उपलब्ध गराएको थियो । यसलाई लामो समयमा जमिरहने तापमानमा सुरक्षित तरिकाले राखिएको थियो यसकारण उनलाई डक्टरहरुले 'स्नोबेबी' अर्थात 'बरफ गर्ल' भनेर बोलाउने गर्दछन् । यसलाई चिकित्सकहरुले निकै प्यारो चमात्कार भएको बताएका छन् । 


 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts