यमनमा दश लाखमा हैजा

दुई हजार २०० जनाको मृत्यु



Download our app to get more features

साना, ७ पुस (रासस÷एएफ्पी) : यमनमा युद्ध सुरु भएदेखि अहिलेसम्म हैजाबाट प्रभावित हुनेहरुको सङख्या दश लाख पुगेको छ । 

रेडक्रसको अन्तर्रा्ष्ट्रिय समितिले बिहीबार ट्विटरमा लेखेको छ, “यमनमा हैजाबाट प्रभावितहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ ।” युद्धको प्रभावसँगै देशभरी हैजाको प्रभाव पनि बढ्दै गएको रेडक्रसका अधिकारीहरुले जानकारी दिएका हुन् । 
विश्व स्वास्थ्य संगठनले गत नोभेम्बरमा पनि हैजा जस्ता पानीजन्य रोगहरूका कारण धेरै जनाको ज्यान जानसक्ने चेतावनी दिएको थियो । 

द्वन्द्वग्रस्त क्षेत्रमा विना रोकतोक काम गर्न सक्ने चिकित्सकहरूको समूहका संयोजक मार्क पोन्सिनले भने, “पानीमा लामो समयसम्म बाँच्नसक्ने भाइब्रियो नामक जीवाणुका कारण यमनका वस्तीहरूमा हैजा फैलिएको र यसको प्रभावलाई समयमै रोक्न नसकिने हो भने आगामी बर्षा याममा हैजाले थप माहामारीको रूप लिनसक्ने देखिन्छ ।” 
यमनमा हैजाका कारण दुई हजार २०० जनाको मृत्यु भइसकेको छ । अहिले पनि रोगलाई फैलिने सहज वातावरण कायमै रहेको उनीहरूको भनाइ छ । 

यमनमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाको सहयोगमा सरकारी पक्ष र हुथी विद्रोहीबीच रक्तपातपूर्ण युद्ध भइरहेको छ । विद्रोहीहरूले राजधानी नै आफ्नो नियन्त्रणमा लिएको छ । 
 

Last modified on 2017-12-22 07:41:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts