खानपिनमा ध्यान नदिँदा  मधुमेहको समस्या



Download our app to get more features

पछिल्लो समय नेपालमा मधुमेह रोगीको संख्या बढ्दै गएको छ ।  नेपालमा मुटु पछि दोस्रो ठूलो संख्यामा मधुमेह रोगका बिरामीहरु देखिन्छन् । नसर्ने रोगले भयाबह रुप लिँदै गएका बेला नेपालमा मधुमेह रोगका बिरामीहरुले संख्या दिनप्रतिदिन थपिदो अवस्थामा छ । रोगिको संखयामा बढ्दै जानु भनेको राज्यका लागि ठूलो चुनौति हो । एका तिर राज्यले स्वास्थ्यलाई मौलिक हकको रुपमा मान्यता दिएर जनताको स्वास्थ्यमा गम्भीर भएको देखिन्छ भने अर्कातर्फ मधुमेह रोगका बिरामीहरु बढ्दो क्रममा रहेको देखिन्छ । बिलासी जीवनशैली, अनुशासनहीन व्यवहार, अनावश्यक तनाब, अखाद्य बस्तुको सेवन लगायतका कारणले पनि मानिसहरुमा अत्याधिक मात्रामा मधुमेह रोगका बिरामीहरु बढ्दै गएका हुन । मधुमेह रोग, कस्तो अवस्थामा मधुमेह भएको अनुमान गर्न सकिन्छ । के कारणले मधुमेह हुन्छ । र मधुमेह रोगबाट कसरी बच्ने । यसै विषयमा केन्द्रीत भएर डाक्टर रिनेश सापकोटाले दिएका सुझाबः

मानव शरीरभित्रको आमाशय र आन्द्राको बीचमा प्याङ्क्रियाज गन्थिमा गडबड भएर इन्सुलिन हर्मोनको मात्रामा कमी हुन आएमा अथवा यसको उत्पादन रोकिएमा मधुमेह रोग लाग्न सक्छ । मानव शरीरमा भएको रगतमा चिनीको मात्रा बढी देखिएको खण्डमा त्यसलाई चिनी रोग लागेको भनिन्छ । 

मधुमेह रोगको लक्षण 

– अनियमित ढंगले पिसाब लागिरहने भयो भने यसबाट पनि मधुमेह रोगले ज्यापेको हुन सक्छ ।

–अस्वभाविक रूपमा भोक लाग्ने र जति खाएपनि मानव शरीरमा वजन नबढ्ने जस्ता क्रियाकलाप देखियो भने त्यो मघुमेहको लक्षण हो ।

–छिनछिनमा तिर्खा लाग्ने र जति पानी खाए पनि मुख खुख्खा भइरहने भयो भने मधुमेह भएको सहजै अनुमान लगाउँन सकिन्छ ।

–यौन इच्छा घट्दै जानु , शारीरिक सम्पर्क गर्न बेलामा यौन पार्टनर संग झर्को फर्को गर्नुलाई पनि मधुमेह रोगको प्रमुख लक्षणको रुपमा लिन सकिन्छ ।

–मानिसको शरीरमा कुनै कारणले घाउ चोटपटक लागेको खण्डमा  निको हुन समय लाग्यो भने उक्त मानिसलाई मधुमेह रोग लागेको अनुमान गर्न सकिन्छ ।

–मानव शरीरिका विभिन्न भागहरुमा अनावश्यक ढंगले चिलाउने लक्षण देखिनुलाई पनि मधुमेह रोगको लक्षणका रुपमा लिइन्छ ।

–निरन्तर रुपमा छालामा संक्रमण हुनु पनि मधुमेह रोगको लक्षण हो ।
–आँखाको हेर्ने शक्ति कमजोर हुनुका साथै आँखा धमिलो हुन थाल्यो भने मधुमेह भएको मान्न सकिन्छ ।

–मानिस कमजोर हुँदै गएको महशुस हुन थाल्यो भने त्यसलाई मधुमेह रोग लागेको अनुमान लगाउँन सकिन्छ ।

–मधुमेह रोगले च्यापेको  मालिसलाई आफै प्रति वितिष्णा जागेर आउन थाल्छ ्र त्यसैले मानिसले अस्वभाविक र रुखो व्यवहार गर्न थाल्यो भने उसलाई मधुमेह लागेको मान्न सकिन्छ ।

कसरी लाग्छ मधुमेह 

–घर अथवा मावलीतिरको वंशानुगत गुण पनि मधुमेह रोग लाग्नुको प्रमुख कारण हो । विलासी जीवन बिताउने र व्यायाम पटकै नगर्ने मानिसलाई मधुमेह रोगले सताउँछ ।

–शरीरलाई आवश्यक पर्ने भन्दा बढी खानेकुरा खायो भने पनि मधुमेह रोगले बिस्तारै च्याप्न थाल्छ । गुलियो पदार्थ धेरै मन पराउनु र अत्याधिक मात्रामा खायो भने मधुमेह रोगले सताउँछ । 

–अल्छि र खन्चुवा स्वभावको मान्छे र मोटोघाटो मानिसलाई छिट्टै मधुमेह रोगले भेट्छ । गर्भावस्थामा ध्यान दिएन भने मधुमेह रोगले च्याप्छ ।

–चिया , कफी , केक लगायतका चिनीबाट बनेका परिकारमा बढी जोड दिने मानिसलाई मधुमेह रोगले भेट्छ ।

–कार्बोहाइड्रेडको मात्रा बढी भएका आलु लगायतका  बस्तु मन पराउने मानिसलाई मधुमेह रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ ।

–मिर्गौला, कलेजो र मुटु रोगका बिरामीलाई उपचारका क्रममा दिइने विभिन्न औषधिका कारण पनि मधुमेह रोग लाग्न सक्छ । मानव शरीरमा भिटामिन सि को कमि हुँदा मधुमेह रोग लाग्न सक्छ ।

मधुमेह रोगबाट छुट्कारा पाउन यस्तो गर्ने 

– नियमित रूपमा व्यायाम गर्नुका साथै विलासी जीवन त्याग गर्नेतर्फ ध्यान दिनुपर्छ । सन्तुलित भोजन तथा आहार सेवन गर्ने कुरामा जोड दिनुपर्छ । 

–मन र मष्तिष्कलाई सकारात्मक पार्ने र सकारात्मक रूपले सोच्ने बानीको विकास गर्नतर्फ लाग्नुपर्छ । श्रम गर्ने र नियमित रूपमा योग गर्ने गनुपर्छ ।

–दुई दुई घण्टाको बीचमा खानपिन गर्ने बानी बसाल्नुका साथै समयमानै खाने गर्दा मधुमेह हुनबाट बच्न सकिन्छ ।
– शरीरलाई आवश्यक पर्ने भिटामिन सि प्रयाप्त मात्रामा सेवन गर्ने गर्नुपर्छ । हप्ताको दुई पटक शरीर मालिस गर्ने र सम्भव भएसम्म जिम जाने गर्नुपर्छ ।

–हरेक बिहान कम्तिमा पनि एक घण्टा हिड्डुल गर्ने बानीको विकास गर्नुपर्छ । नियमित रुपमा ठिक समयमा सुत्ने र ठिक समयमा उठ्ने बानीको विकास गर्नुपर्छ ।

–अध्यात्मिकतातिर ध्यान दिन थालियो भने पनि केहिं मात्रामा मधुमेह रोगबाट छुटकारा पाउन सकिन्छ । दैनिक जीवनशैलीमा परिवर्तन गर्ने र समय अनुसार चल्ने गर्नाले पनि मधुमेह रोगले भेट्ने सम्भावना कम हुन्छ ।

– चिनीको मात्रा बढी भएका चिया, कफी सख्खर , चक्लेट, बिस्कुट, चाउचाउ , चेक लगायतका खानेकुरामा जोड दिंदा पनि मधुमेह रोगले चाँडै सताउँछ ।

– मधुमेह रोगको लक्षण देखा परेको खण्डमा तत्काल चिकित्सकसँग परामर्श लिएर औषधि सेवन गर्ने ,बानीमा सुधार गर्ने र परहेजमा बस्ने लगायतका कुरामा ध्यान दियो भने पनि मधुमेह रोगको लामो समयसम्म शिकार बन्नु पर्दैन ।

Last modified on 2019-02-12 07:22:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts