भारतमा बन्यो वायु प्रदुषण कम गर्ने 'एन्टी स्मोक गन'

ट्रकमा राखेर शहर घुमाउदा १०० मीटर सम्मको धुलो तान्ने



Download our app to get more features

बीबीसी,९ पुष । भारतको दिल्ली सरकारले अत्याधिक बढेको वायु प्रदुषण कम गर्न परीक्षणका रुपमा केही मेसीनहरु जडान गरेको छ ।

भारतको राजधानी दिल्लीको सबै भन्दा बढी वायु प्रदुषण भएको क्षेत्र आनन्द इलाकामा 'एन्टी स्मोक गन' मेसिनको काम परीक्षण समेत गरिएको छ । 

बीबीसीकासँगको कुराकानीमा उक्त मेसिन उत्पादन गर्ने कम्पनीका सीईयो सुशान्त सैनीले यसले पर्यावरण सफा राख्नमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

उनका अनुसार वायुमा मिसिएको प्रदुषण नियन्त्रण गर्न उक्त मेसिनलाई ट्रकमा राखोर शहर घुमाउने गरिन्छ र शहर सफा हुन्छ । 
उनले यो मेसिनले हावामा रहेको १०० मीटर सम्म दूरीको धुलो तानेर हावा स्वच्छ बनाउने काम दाबी गरे । यसको परीक्षण सफल भइरहेको पनि बीबीसीले उल्लेख गरेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts