जानौं कुन ब्लड ग्रुप कसका लागि उपयोगी



Download our app to get more features

अमेरिकाको नेशलन किड्नी फाउन्डेशनको अध्ययन अनुसार मानिसको ब्ल्ड ग्रुप फरक फरक हुन्छन् । फरक ब्ल्ड ग्रुप अनुसार नै मानिसले आवश्यक परेको समय ब्ल्ड लिन पाउछन् । अन्यथा त्यसको असर मानव स्वास्थ्यमा पर्न जान्छ । 

♦ ए पोजेटिभ ब्लड ग्रुप भएकाले ए पोजेटिभ र एबी पोजेटिभ भएकालाई रगत दिन मिल्छ । यस्तै ए पोजेटिभ ब्लड ग्रुप भएकाले ए पोजेटिभ, ए नेगेटिभ, ओ पोजेटिभ र ओ नेगेटिभ ब्लड ग्रुप भएकाहरुबाट रगत लिन मिल्छ ।

ए नेगेटिभ ब्लड ग्रुप भएकाले ए पोजेटिभ, ए नेगेटिभ, एबी पोजेटिभ र एबी नेगेटिभ भएकालाई रगत दिन मिल्छ । यसैगरी ए नेगेटिभ ब्लड ग्रुप भएकाले ए नेगेटिभ र ओ नेगेटिभ ब्लड ग्रुप भएका सँग मात्र रगत लिन मिल्छ ।

बी पोजेटिभ ब्लड ग्रुप भएकाले बी पोजेटिभ र एबी पोजेटिभ ब्लड ग्रुप भएकालाई रगत दिन मिल्छ । यस्तै बी पोजेटिभ ब्लड ग्रुप भएकाले बी पोजेटिभ, बी नेगेटिभ, ओ पोजेटिभ र ओ नेगेटिभ ब्लड ग्रुप भएकाहरुको मात्र रगत लिन मिल्छ ।

बी नेगेटिभ ब्लड ग्रुप भएकाले बी पोजेटिभ, बी नेगेटिभ, एबी पोजेटिभ र एबी नेगेटिभ ब्लड ग्रुप भएकालाई रगत दिन मिल्छ । यस्तै बी नेगेटिभ ब्लड ग्रुप भएकाले बी नेगेटिभ र ओ नेगेटिभ ब्लड ग्रुप भएकाको रगत मात्रै लिन मिल्छ ।

ओ पोजेटिभ ब्लड ग्रुप भएकाले ओ पोजेटिभ, ए पोजेटिभ, बी पोजेटिभ र एबी पोजेटिभ ब्लड ग्रुप भएकालाई रगत दिन मिल्छ । यस्तै ओ पोजेटिभ ब्लड ग्रुप भएकाले ओ पोजेटिभ र ओ निगेटिभ ब्लड ग्रुप भएकाबाट मात्र रगत लिन मिल्छ ।

ओ नेगेटिभ ब्लड ग्रुप भएकाले ओ पोजेटिभ, ए पोजेटिभ, बी पोजेटिभ, एबी पोजेटिभ, ओ नेगेटिभ, ए नेगेटिभ, बी नेगेटिभ र एबी नेगेटिभ ब्लड ग्रुप भएकालाई रगत दिन मिल्छ । यस्तै ओ नेगेटिभ ब्लड ग्रुप भएकाले मात्र ओ नेगेटिभ ब्लड ग्रुप भएकाको रगत लिन मिल्छ ।

एबी पोजेटिभ ब्लड ग्रुप भएकाले एबी पोजेटिभ ब्लड ग्रुप भएकालाई मात्रै रगत दिन मिल्छ भने एबी पोजेटिभ ब्लड ग्रुप भएकाले सबै ब्लड ग्रुपको रगत लिन मिल्छ ।

एबी नेगेटिभ ब्लड ग्रुप भएकाले एबी पोजेटिभ र एबी नेगेटिभ ब्लड ग्रुप भएकालाई रगत दिन मिल्छ । यस्तै एबी नेगेटिभ ब्लड ग्रुप भएकाले एबी नेगेटिभ, ए नेगेटिभ, बी नेगेटिभ र ओ नेगेटिभ ब्लड ग्रुप भएकाको रगत लिन मिल्छ ।

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-02-19 07:34:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts