आयुर्वेदिक औषधिको मुल्यमा मनपरि

सरकारी अनुगमन फितलो



Download our app to get more features

काठमाडौं,११ पुष । आयुर्वेदिक औषधीहरु बाहिर किन्दा  निकै महँगो पर्ने गरेको आयुर्वेदिक स्वास्थ्यसेवा लिने बिरामीहरुले गुनाँसो गरेका छन् ।

काठमाडौंको नरदेवीमा रहेको आयुर्वेदको केन्द्रीय चिकित्सालय नरदेवीबाट सिफारिश हुने औषधिहरु चिकत्सालयमा अभाव रहेको र बाहिर किन्नुपर्ने बिरामीको बाध्यता रहेको छ ।  चिकित्सालयले औषधि किन्न पूर्जी दिएपनि अस्पतालमा नपाइने कतिपय औषधि बाहिर किन्नुपर्ने हुँदा आफूहरु निकै मर्कामा परेको उनीहरु बताउँछन् । 
नरदेवी चिकित्सालयमा दिइने अन्य सेवा सस्तो र सुविधायुक्त भएपनि सिफारिश गरिएका कतिपय औषधिहरु बाहिर किन्नुपर्ने र ती निकै महँगा हुने स्वंय चिकित्सकहरु नै बताउँछन् । 

नरदेवीमा प्रायः बिरामीहरु दीर्घ र पुरानो रोग लिएर आउने भएकाले पनि उनीहरुको आर्थिक अवस्था कमजोर हुने गरेको चिकित्सकहरु बताएँछन् । चिकित्सालयबाट उपलब्ध हुने १८ प्रकारका औषधि निःशुल्क रहेको भएपनि पर्याप्त औषधि नभएका कारण बिरामीहरुले बाहिर गएर औषधि किन्नुपर्ने बाध्यता रहेको छ । 
नरदेवी चिकित्सालयका कविराज रमेश पनेरुका अनुसार बाहिर किन्नुपर्ने औषधिको मूल्य प्रत्येक दुई दुई महिनामा भारी मात्रामा वृद्धि हुने गरेको छ  । उनी भन्छन्– एकपटक ५०० मा किनेको औषधि २ महिनापछि जाँदा कम्तिमा पनि २ सयका दरले बढेकै हुन्छ । 

यसका लागि सरकारले निजी स्तरबाट उत्पादन हुने आयुर्वेदिक औषधिको  निगमन तथा नियन्त्रण प्रभावकारी ढङगले गर्नुपर्ने डा. जया जया सत्यालको बताएँछिन् । नेपाल सरकारको स्वामित्वमा रहेको  सिंहदरवार वैद्यखानाले उत्पादन गरेका औषधिलाई नरदेवी अस्पतालका फार्मेसीमा उपलब्ध गराउन सके यो समस्याको समाधान हुने कविराज पनेरु बताउँछन् ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts