यी हुन चिसोजन्य समस्याबाट टाढा राख्ने फल



Download our app to get more features

जाडो महिनामा चल्ने चिसो र सुख्खा हावाले शरीरमा विभिन्न समस्या ल्याउँछ ।

चिसोका कारण मासिनहरू यो बेला पानी पनि निकै कम पिउँछन । जसले गर्दा शरीरमा पानीको मात्रा पनि कम हुन जान्छ । शरीरमा पानीको कम भए छाला सुख्खा बन्नुका साथै छाला सम्बन्धी विभिन्न समस्या देखिन थाल्छ । यस्तो बेला  शरीरमा पानीको मात्रा पुरा गर्न र छाला नरम बनाउन विभिन्न फलफुल सहायक बन्न सक्छन् । फलमा क्यालोरीको मात्रा कम हुन्छ भने भिटामिन, मिनरल, एन्टी अक्सिडेन्टस्, एन्टी ब्याक्टिरियल पौष्टिक तत्व भरपुर हुन्छ । जसले चिसो सहने शक्ति प्रदान गर्छ । साथै  रोग रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्न पनि फलफुलले महत्वपूर्ण योगदान गर्छ ।

जानौं जाडो महिनामा छुटाउनै नहुने फलफुल बारे :
स्याउ
स्याउ सेवनले शरीरमा हेमोग्लोबिन, आइरन र रगतको कमी हुन दिदँैन । स्याउमा हुने फाइबर, भिटामिन, मिनरल एन्टी अक्सिडेन्टले संक्रमणबाट बचाइराख्छ । हरेक दिन एक दाना स्याउ सेवन गरे चिसोजन्य समस्याबाट बच्न सकिन्छ । 
अनार
अनारमा फाइटोकेमिकल्स, एन्टी अक्सिडेन्ट, फाइबर, फलाम तत्व लगायतका पौष्टिक तत्व भरपुर हुन्छ । जसले उच्च कोलेस्ट्रोल, रक्त चाप, हृदयघात जस्ता समस्याबाट टाढा राख्छ । साथै जो व्यक्तिमा रगतको कमी छ उसले दैनिक एक दाना अनार सेवन गरे रगतको मात्रा बढ्छ । 

भुर्इंकटर
चिसोका कारण कतिपय मानिसको अनुहार र छालामा विभिन्न दाग, धब्बा देखिने गर्छ । यस्तो अवस्थामा भुर्इंकटर सेवन गर्ने हो भने छालामा देखिएका समस्या हटेर जान्छ । भुर्इंकटरले छालाको छिद्र सफा गर्न सहयोग गर्छ भने अनुहारमा निखार पनि ल्याउँछ । 
अम्बा
जाडो मौसममा अम्बाको सेवनले पाचन पक्रियालाई मजबुद बनाउँछ । साथै रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण राख्न पनि अम्बाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
अंगूर
शरीरको आलस्यपनलाई हटाउन अंगूर निकै उपयोगी फल हो । यसका साथै मुटु स्वस्थ राख्न पनि अंगूरले सहयोग गर्छ । अंगूरमा भएको मिनरल्स, कार्बोहाइड्रेट, ग्लूकोज जस्ता पौष्टिक तत्वले अन्य रोगबाट पनि टाढा राख्छ । यसकारण खानामा अंगूरलाई समावेश गर्दा निकै फाइदा हुन्छ ।  
कीवी
चिसोजन्य बिरामीबाट बच्न कीवीको सेवन निकै प्रभावकारी मानिन्छ । हरेक दिन एक ओटा कीवी खान सके चिसोमा लाग्ने रुघाखोकीबाट छुटकारा मिल्ने चिकित्सकहरूको सुझाब छ ।  
 

Last modified on 2019-01-13 15:48:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts