तुलसीले नियन्त्रण गर्छ रक्तचाप



Download our app to get more features

हिन्दु धर्मलम्बीहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन ।

तुलसीलाई भगवान श्रीकृष्णको प्रिय वनस्पती र भगवान विष्णुको अवतारको रुपमा पनि चिनिन्छ । आयुर्वेद उपचार पद्धतिमा मात्रै नभइ आधुनिक उपचार पद्धतिमा पनि तुलसीको पात रुघाखोकी, पेटको दुखाई, आँखाको समस्या, मधुमेह, कोलेस्ट्रोल, माईग्रेन लगायतका अनेकौ समस्याको उपचारमा प्रयोग गरीन्छ । तुलसीको पातमा एन्टीफंगल, एन्टीब्याक्टेरीयल, एन्टीबायोटिक गुण हुन्छन् । जसले रुघाखोकी र ज्वरोलाई कम गर्न मद्दत गर्ने डा. शेषराज आचार्यको भनाइ छ ।

जानौं तुलसीका अन्य गुणहरू :

फाईदा
—तुलसीको पातलाई पानीमा पकाएर काँढा पिउँदा ज्वरो कम हुन्छ ।
—तुलसीले रगतमा यूरिक एसिडको स्तर घटाएर मिर्गाैलालाई स्वस्थ राख्छ ।
—तुलसीले रक्तचाप, कोलेस्ट्रोल नियन्त्रणमा राखेर मुटुलाई पनि स्वस्थ राख्छ ।
—तुलसीको दलको माला बनाएर लगाउँदा तनाव कम हुन्छ ।
— तुलसीमा हुने थाईमोलले छालासम्बधी समस्या समाधान हुन्छ । यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।
— दिनदिनै तुलसीको चार पाँच वटा पात चपाउँदा माइग्रेन सम्बन्धी समस्या कम हुन्छ ।
—तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले प्यानक्रियाटिक बिटा सेल्सलाई सक्रिय बनाउँछ । इन्सुलिन सेन्सिटिभिटी बढाउँछ । ब्लडमा सुगर कम गर्दै मधुमेह पनि नियन्त्रण गर्छ ।

प्रस्तुतीः ज्ञानु दुलाल
 

Last modified on 2017-12-28 16:45:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts