'सेक्स पर्यटन'मा बालबालिका शिकार हुने क्रम बढ्दो

बच्चाहरुलाई सेक्स टुरिजमको शिकार हुनबाट बचाउन अहिले संसारभरबाट पहल शुरु



Download our app to get more features

बीबीसी,१५ पौष । थाइल्याण्ड विश्वभर पर्यटकीय देशका रुपमा परिचित देश हो ।

जहाँ विभिन्न देशका पर्यटकहरु भारी मात्रामा पुग्ने गर्दछन् । एशिया, यूरोप, अमेरीका, मध्य–पूर्व देखि लिएर अन्य कयौ देशका नागरीक आफ्नो छुट्टी मनाउनका लागि थाइल्याण्ड पुग्ने गर्दछन् ।

तर थाइल्याण्डको अर्को परिचय पनि सँगै जोडिएको छ, त्यो हो पर्यटकीय सेक्स अनि बालबालिका । थाइल्याण्डका धेरै गरिब बालबालिकाहरु नचाहेर पनि यौन शिकार भइरहेका छन् ।

सेक्स पर्यटनको शिकारमा धेरै कलिला बालबालिकाहरु पर्ने गरेको बीबीसीले लेखेको छ । थाइल्याण्डको राजधानी बैंककबाट जम्मा २ घण्टाको दूरीमा रहेको पटायाको रिसोर्ट इलाकामा उल्लेख्य मात्रामा पर्यटकहरु पुग्ने  गर्दछन् । यस क्षेत्रमा पर्यटकको भीडभाड हुने भएकाले पनि प्रहरी पनि प्रशस्तै परिचालन गरिएको छ । त्यस भेगका सडकमा स–साना बच्चाहरुले  पनि उमेर भन्दा धेरैको शारीरिक परिश्रम गरिरहेका तथा कोही भिख मागिरहेका दृश्य धेरै देख्न सकिन्छ । यसरी भेटिने बालबालिकाहरु प्रायजसो गाउँतिरबाट आएका र गरिब हुने गर्दछन् । 

उनीहरुले आफ्नो पेट पाल्नका लागि भिख माग्नेदेखि शरीरसम्म बेच्ने गर्ने गरेको बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थालाई उद्धित गर्दै बीबीसीले लेखेको छ । थाइल्याडमा पुग्ने साढे २ लाख भन्दा धेरै मानिसहरु तिनै कलिला बच्चासँग शारीरिक सम्बन्ध बनाउने उद्देश्यका साथ जाने गरेको उक्त संस्थाले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 

तिव्र रुपमा फैलिरहेको सेक्स दुरिजम रोक्नका लागि संसारभरकै प्रहरीहरु एक साथ भएर काम गरिरहेका भएपनि तर पनि सेक्स टुरिजममा बालबालिका प्रयोग भइरहेका घटनामा कत्ति पनि कमी आउन सकिरहेको छैन् । 

यस्तै बालबालिकाहरुको हकहितका लागि काम गरिरहको अन्तराष्ट्रिय संस्था ईसीपीएटी इण्टरनेशनलकी जुनिता उपाध्यायका अनुसार  यी बालबालिकाहरु गरीब घरबाट आउने गर्दछन् र धेरै जसो अल्पसंङख्यक समुदायका रहेका छन् । त्यसमाथि पनि कोही पहाडी भेगका त कोही अन्य देशबाट विस्थापित भएर आएका समेत छन् । यौनउत्पीडनका कारण यस्ता बालबालिकाहरुमा एचआइभी तथा एड्स जस्ता यौनजन्य रोग समेत देखिने गरेका छन् । 

थाइल्याण्डका अलवा  कतिपय यूरोपियन देश रुस, मेक्सिको, अफ्रीका, रोमानिया, बुल्गरिया, यूक्रेन, तथा चेक गणतन्त्र लगायतका देशमा पनि सेक्स टुरिजममा र बालबालिका शिकार हुने क्रम तिव्र भइरहेको छ । 

ब्राजिललमा मात्र २ देखि ५ लाख बालबालिका सेक्स टुरिजमको शिकार भइरहेका छन् । ब्रजीलको सरकारले केही समय अगाडि आफ्ना २०० भन्दा बढी वेवसाइडबाट सेक्स टुरिजमका बारेमा राखिएका जानकारीहरु हटाउन आदेश दिएको थियो ।

यो भन्दा धेरै यस्तो साइटहरु अमेरीकामा सञ्चलनमा रहेको बीबीसीले उल्लेख गरेको छ । बच्चाहरुलाई सेक्स टुरिजमको शिकार हुनबाट बचाउन अहिले संसारभरबाट पहल शुरु भएका छन् ।

४२ देशका  करीब १ हजार कम्पनीहरुले सेक्स टुरिजममा बालबालिकाहरुलाई प्रयोग नगर्ने संकल्पपत्रमा हस्ताक्षर गरेका छन् जस्ले बालबालिकालाई यौन शिकार हुनबाट धेरै हदसम्म रोक्न सहयोग पुर्याउने विश्वास गर्न सकिन्छ । 
 

Last modified on 2017-12-31 08:21:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts