गधाको संख्यामा कमी आएपछि परम्परागत औषधि बनाउन समस्या



Download our app to get more features


बीबीसी,१७ । चीनमा परम्परागत औषधि बनाउन गधाको छालाको प्रयोग गर्ने गरिन्छ ।

तर चीनमा गधाको सङख्यामा भारी मात्रामा कमी आएको बीबीसीले लेखेको छ । चीनमा नयाँ वर्षको अवसर पारेर आजबाट गधाको आयातमा  लाग्ने आयकर ५  प्रतिशतबाट घटाएर २ प्रतिशतमा झारेको छ ।

गधाको छालाबाट बन्ने जिलेटिनको चीनमा उच्च माग रहेको छ । चीनमा खासगरी अफ्रिकी देशाट गधाको आयात हुने गर्दछ ।

अफ्रिकी देशमा भने गभालाई सामान ओसारपसार गर्ने कार्यका लागि मात्र प्रयोग गर्ने गरिन्छ । अफ्रिकी देशहरुमा गधाको संङख्यामा तिव्ररुपमा कमी आएपछि चीनले आयकर घटाउने निर्णय गरेको हो ।

चीनमा गधाको छालालाई उमालेर जिलेटिन बनाउने गरिन्छ जसको प्रयोग एनीमिया जस्तो रोगका लागि उत्तम औषधी हो यसैगरी चीनमा गधाको मासु पनि निकै मन पराउने परिकारभित्र पर्दछ । 
 

Last modified on 2018-01-02 08:22:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts