भेडे खुर्सानी खानु कत्तिको फाइदाजनक

यसमा पाइने तत्व प्राकृतिक पेनकिलर समान



Download our app to get more features


नेपालीको भान्सामा पाक्ने तरकारी मध्ये एक हो भेडे खुर्सानी ।

अधिकांशले भेडे खुर्सानी स्वादकै लागि खाने गरेका हुन्छन् । तर भेडे खुर्सानी जति स्वादिलो हुन्छ त्यति नै स्वस्थकर पनि हुने अध्ययनहरूले देखाएका छन् ।

रातो, हरियो र पहेँलो रंगमा पाइने भेडे खुर्सानी  भिटामिन सीले भरिपूर्ण हुन्छ । यसका साथै भेडे खुर्सानीमा भिटामिन ए र बीटा–क्यारोटीन पनि पाइन्छ ।

जानौं भेडे खुर्सानीका फाइदाहरू :
फाइदा :
मेटाबोलिज्म बढाउनमा मद्दत गर्छ
तौल घटाउने सोच भएकाहरूका लागि भेडे खुर्सानीको सेवन निकै लाभदायक हुन्छ । यसमा क्यालोरी नगन्य मात्रामा हुन्छ जसले तौल घटाउनमा मद्दत गर्छ । यसले मेटाबोलिज्मको प्रक्रियालाई सक्रिय बनाउँछ । 

एन्टी अक्सीडेन्ट गुण
भिटामिन ए र सीले भरिपूर्ण भेडे खुर्सानी एन्टी अक्सीडेन्ट्सको राम्रो स्रो पनि हो । साथै मुटुसँग सम्बन्धित रोग, दम र मोतियाविन्दुबाट पनि बचाउनमा मद्दत गर्छ ।

क्यान्सरबाट बचाउँछ 
भेडे खुर्सानीको सेवनबाट क्यान्सरको कोषलाई विकसित हुन दिदैँन । भेडे खुर्सानीको प्रयोग दिनहुँ कुनै न कुनै रुपले गर्नुपर्छ । भेडे खुर्सानीको सेवनले क्यान्सर हुने सम्भावना निकै कम हुन्छ ।

दुखाईमा राहत 
भेडे खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले छालाको दुखाईलाई स्पाइनल कोड सम्म जान दिदैँन । साथै यसमा पाइने तत्व प्राकृतिक पेनकिलर समान काम गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
भिटामिन सी ले भरिपूर्ण भेडे खुर्सानीले संक्रामक रोगहरूसँग लड्न मद्दत गर्छ । साथै शरीरमा रोग–प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्न पनि भेडे खुर्सानी उपयोगी हुन्छ । भेडे खुर्सानीको नियमित सेवनले फोक्सोको इनफेक्शन, दम जस्ता समस्यामा पनि राहत मिल्छ । 
(एजेन्सीको सहयोगमा)
 

Last modified on 2018-01-03 08:53:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts