भारतमा सरकारी तथा निजी डाक्टरहरुको हड्ताल फिर्ता



Download our app to get more features

बीबीसी,१९ पुष । हालै भारतको संसदमा दर्ता भएको मेडिकल कमीशन विद्येयकको  विरोधमा शुरु भएको सरकारी तथा निजी डाक्टरहरुको हड्ताल मंगलबार दिउँसोबाट फिर्ता भएको छ । 

उक्त विद्येयकलाई संसदको स्टेडिङग कमिटीमा पठाइएपछि डाक्टरहरुको आन्दोलन फिर्ता भएको हो । आन्दोलित डाक्टरहरुले उक्त कमिटीको फैसला आउँदासम्म आफ्नो आन्दोलन फिर्ता लिएको बीबीसीले लेखेको छ ।

गएको शुक्रबार स्वास्थ्यमन्त्री जेपी नड्डाले लोकसभामा नेशनल मेडिकल कमीशनको विद्येयक दर्ता गराएका थिए र त्यसपछि आन्दोलन शुरु भएको थियो । 

भारतमा अहिलसम्म मेडिकल शिक्षा, मेडिकल संस्थानमा डाक्टरहरुको रजिस्ट्रेशनसँग सम्बन्धित काम मेडिकल काउन्सिल अफ इण्डियाले हेर्दे आएकोमा यदि उत्तः विद्येयेक पारित भएमा मेडिकल काउन्सिल अफ इण्डिया स्वतः खारेज भई नेशनल मेडिकल कमीशन बन्ने छ ।

त्यसपछि  देशमा सबै मेडिकल शिक्षा तथा मेडिकल सेवासँग सम्बन्धित सबै नीति बनाउने जिम्मा कमीशनको हातमा पुग्नेछ । 

Last modified on 2018-01-04 14:35:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts