नयाँ वर्षका दिन विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको राष्ट्रसंघको अनुमान

दुई दशकयता बालबालिकाको मृत्यु दरमा केही कमि



Download our app to get more features

संयुक्त राष्ट्रसंघ, १९ पुस (रासस÷सिन्ह्वा) : संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ । 

यसरी जन्मेकामध्ये ९० प्रतिशतभन्दा बढी कम विकसित देशका रहेको सो संस्थाले जनाएको छ । 

युनिसेफका अनुसार आधाभन्दा बढी ती शिशुको जन्म नौ वटा राष्ट्रमा भएको छ । ती राष्ट्रहरु भारत, चीन, नाइजेरिया पाकिस्तान, इन्डोनेसिया, अमेरिका, कङ्गो, इथोपिया र बङ्गलादेश रहेका छन् । 
यी शिशुमध्ये केहीको दुर्भाग्यबस जन्मेको २४ घन्टाभित्रै मृत्यु पनि हुने गर्दछ । यस्तो अवस्था पनि ती देशमा नै रहेको छ । 

सन् २०१६ को एक तथ्याङ्कअनुसार जन्मेको २४ घण्टाभित्रै दुई हजार ६०० बालबालिकाको मृत्यु भएको थियो । 

युनिसेफका अनुसार विश्वमा करिब २० लाख बालबालिकाको जन्मेको एक हप्ताभित्रै मृत्यु हुने गरेको पाइने गरेको पनि सो संस्थाले दिएको समाचारमा उल्लेख गरिएको छ । 
त्यसैगरी २६ लाख बालबालिकाले आफ्नो जन्मपछिको अर्काे महिना देख्न पाउने गरेका छैनन् ।

तर पनि विगत दुई दशकयता भने बालबालिकाको मृत्यु दरमा केही मात्रामा भए पनि कमि आएको देखिएको छ । 

Last modified on 2018-01-03 09:09:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts