मस्तिष्क रोपणमा असाधारण प्रगति



Download our app to get more features

बीबीसी,१९ पुष । सन २०१७ मा मेरुदण्डमा लागेका चोटपटकबाट प्राणीको अङ्गमा गुमेको हलचल पुनस्र्थापना गर्न वैज्ञानिकहरूले मस्तिष्क रोपणबाट असाधारण प्रगति हासिल गरेका छन् ।

उनीहरूले यो प्रविधि आउँदा १० देखि १५ वर्षसम्म उपयोगमा आउने अनुमान गरेका छन् । ‘एमआईटी टेक रिभ्यु’ मा यस वर्ष एन्टोनियो रेगालाडोले पक्षघातमाथि विजयमा वैज्ञानिकहरूले हासिल गरेको प्रगतिका विषयमा एक समाचार प्रकाशन गर्नुभएको छ । 

हालका वर्षमा प्रयोगशालामा उपयोग हुने जनावर तथा केही व्यक्तिले आफ्नो मस्तिष्कमा सोचेको आधारमा कम्प्युटर कर्सर वा रोबोटिक हात नियन्त्रण गरिरहेका छन् । उनीहरूको मस्तिष्कमा मेसिनको तार जोडिएको छ । यसैका आधारमा अनुसन्धानकर्ताहरूले पक्षघातलाई एकपटक र सदाका लागि पराजित गरिदिने अर्को महत्वपूर्ण पाइला लिन लागेका छन् । उनीहरूले मस्तिष्क अध्ययन प्रविधिलाई विद्युतीय सिमुलेटर्सको माध्यमबाट शरीरमा सोझै जडान गरिरहेका छन् । फ्रान्सेली वैज्ञानिक ग्रेग्वा कुर्टिन यस प्रविधिलाई ‘‘न्युरल बाइपास’’ भन्ने गर्नुहुन्छ । उहाँका अनुसार यस प्रविधिको माध्यमबाट मानिसको सोचले आफ्नो अङ्ग पुन सञ्चालन गर्नसक्छ । 

फ्रान्सेली बैज्ञानिकहरूले अफ्रिकी लङ्गुर बाँदरमा यससम्बन्धी परीक्षण गरेका थिए । उनीहरूले यस जनावरको मेरुदण्ड ब्लेडले काटिदिएका थिए र त्यसका कारण उसको दायाँ खुट्टामा पक्षघात भएको थियो । अब कुर्टिन यो जनावर पुन राम्रोसँग हिड्नसक्छ भन्ने प्रमाणित गर्न चाहान्थे । यसका लागि उहाँहरूले बाँदरको खप्पर तल रेकर्ड गर्ने यन्त्र जडान गरिदिनुभयो र त्यसलाई मस्तिष्कमा जोडी त्यसका इलेक्ट्रोडलाई मेरुदण्डको चारैतिर लाई घुमाउँदै मेरुदण्डमा चोट लागेको भागभन्दा तल जोडिदिनुभयो । यी दुई इलेक्ट्रिकल यन्त्रलाई तारविहिन तरिकाले जोडिएको थियो । 

यसको नतिजाको रूपमा यस प्रणालीले लङ्गुरको हिड्ने चाहनालाई इलेक्ट्रिकल सिमुलेसनको धक्काको रूपमा मेरुदण्डमा पु¥यायो र यो धक्का यस लङ्गुरको दायाँ खुट्टालाई चलाउन पर्याप्त भयो । त्यसपछि लङ्गुर हिंड्न थाल्यो । कुर्टिन स्विजरल्यान्डको इकोले पोलिटेक्निक फेडेराल डे लुजानसँग सम्बन्धित रहेका छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts