सधैँ तन्दुरुस्त रहन कम्तीमा दुई लिटर पानी पिऔं



Download our app to get more features

— वयस्क व्यक्तिलाई दैनिक कम्तीमा साढे एकदेखि २ लिटर पानी चाहिन्छ । यसले शरीरमा छाला कोमल बनाउनुका साथै पाचनतन्त्रलाई सन्तुलित राख्छ ।
— खाना खाँदा नुनको मात्रा कम गर्नुपर्छ । सामान्यतया एक जना मानिसले एक दिनमा ५ ग्राम भन्दा कम नुन खानु राम्रो हो ।
— ताजा सागसब्जी, फलफूल, शाकाहारी खाना शरीरका लागि राम्रो हुन्छ । 
—आफ्नो तौललाई सधैँ सन्तुलित राख्नुपर्छ । तौल असामान्य छ भने शारीरिक व्यायाम र खानपानमा परिवर्तन ल्याउनुपर्छ ।
 — वर्षमा कम्तीमा एक पटक सम्पूर्ण स्वास्थ्य जाँच गराउनुपर्छ ।
— शरीरलाई स्फूर्त र चुस्त बनाउन नियमित व्यायाम तथा हिँडडुल गर्नुपर्छ । सामान्यतया हरेक व्यक्तिले दैनिक कम्तीमा ४५ मिनेट हिँडडुल र ३० मिनेट व्यायाम गर्नु राम्रो मानिन्छ । शारीरिक व्यायामका लागि अलग–अलग प्रकारको एरोबिक्स, पौडी, साइक्लिङ आदि गर्न सकिन्छ ।
— सबैभन्दा महत्वपूर्ण कुरा धुम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ । नेपालमा धुम्रपानका कारण वार्षिक १७ हजार मानिसको ज्यान जाने गरेको छ ।
 

Last modified on 2018-01-05 15:14:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts