डेंगुको खोपबाट १४ बालबालिकाको मृत्यु पछि अनुसन्धान सुरु



Download our app to get more features

मनिला (फिलिपिन्स), २२ पुष । फिलिपिन्समा डेंगुको खोपका कारण १४ जना बालबालिकाको मृत्यु भएपछि अनुसन्धान सुरु गरिएको छ । 

स्वास्थ्यमा सतर्कता अपनाउदै सरकारले प्रतिबन्ध लगाएको खोप नै उनीहरुको मृत्युको कारण हुन सक्ने आशङ्का गरिएको अधिकारीहरूले जनाएका छन् । ‘डेङभाछिया’को विक्री वितरण गर्न सरकारले गत महिनादेखि नै बन्द गराएको थियो । फ्रान्सेली उत्पादक कम्पनी ‘सानोफी’ ले भने उक्त खोप मानव प्रयोगका लागि सुरक्षित रहेको बताएको छ । 

घटनाबारेमा अनुसन्धान गर्न स्वतन्त्र विज्ञहरुको एउटा टोली बनाएर खटाइएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

उनीहरुले एक वा दुई हप्ता भित्रमा प्रतिवेदन तयार पारेर बुझाउने अपेक्षा गरिएको स्वास्थ्य सचिव फ्रान्सीस्को दुक्युले जानकारी दिए । 

अनुसन्धानका क्रममा मृत्युको कारण के हो र मृत्युको पछाडी खोपको सम्बन्ध होला कि नहोला भनेर सोधिने भएको छ । 

फिलिपिन्समा गत बर्ष आठ लाख जना विद्यालय तहका बालबालिकाहरुलाई डेङ्गु विरुद्धको खोप दिइएको थियो । विश्वकै पहिलो डेङ्गु प्रतिरक्षा कार्यक्रम अन्तर्गत उनीहरुलाई खोप दिइएको हो ।

 

रासस

Last modified on 2018-01-06 07:56:57

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts