पेरुका पूर्व राष्ट्रपति उपचारपछि घर फिर्ता



Download our app to get more features

लिमा (पेरु), २२ पुष  । पेरुका पूर्व राष्ट्रपति अलवेर्टो फुजीमोरी राजधानी लिमास्थित सेन्टानेरियो अस्पतालमा उपचार गरी घर फर्केका छन् । 

७९ बर्षीय पूर्व राष्ट्रपति फुजीमोरीलाई मुटुसम्बन्धि समस्या देखिएपछि वर्तमान राष्ट्रपति पेड्रो पाब्लो कुक्जिन्स्कीले गत डिसेम्बर २३ मा कैद सजाँयबाट क्षमादान दिएका थिए । 

पूर्व राष्ट्रपति फुजिमोरी अस्पतालबाट रिहा भएपछि उनका छोरा केन्जी फुजिमोरीले उनलाई उपचारका लागि अस्पताल भर्ना गराएका थिए । अस्पतालमा रहुञ्जेल फुजीमोरीको विभिन्न परीक्षणहरु गरिएको थियो । झन्डै दुई साताको अस्पताल बसाईबाट निको भएपछि फुजीमोरी शुक्रबार घर फर्किएका हुन् ।

सन् १९९० को दशकमा शासन गरेका फुजिमोरीको छायाँ अझै पनि आधुनिक पेरुमा देख्न सकिन्छ । उनको शासनलाई लिएर अझै पनि पेरुको समाज दुई धारमा विभाजित छ । 

माओवादीको साइनिङ पाथ आन्दोलन दबाउन उल्लेख्य भूमिका खेलेकोमा फुजिमोरीका समर्थक उनको प्रशंसा गर्छन् । तर, उनका आलोचकहरू फुजिमोरीलाई एकजना भ्रष्ट तानाशाहको रूपमा चित्रित गर्छन् । फुजिमोरीको शासनकालमा पेरुको आर्थिक विकासमा उल्लेख्य सुधार भएको थियो । 

राष्ट्रपति कुचिन्स्कीको निर्णय ‘गैरकानुनी’ र ‘गैरजिम्मेवार’ भएको बताउदै पेरुमा विगत केही समयदेखि आन्दोलन हुँदै आएको छ ।

 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts