गर्भवती भएको बेला...

What's This?


Download our app to get more features

♦ बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने, अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ

♦ पोषिलो खानेकुरा खाने

♦ अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने

♦ नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने

♦ राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने

♦ गर्भवती महिलाले मनमा सकारात्मक कुराहरू मात्र सोच्ने, नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुन सक्छ

♦ धुम्रपान, मद्यपान सेवन नगर्ने

♦ चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने

♦ शारीरिक तथा मानसिक कडा पर्ने खालको परिश्रम नगर्ने, कडा परिश्रम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य जोखिम हुन सक्छ

Last modified on 2018-09-06 06:48:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts