‘करी पत्ता’ जसले कोलेस्ट्रोललाई राख्छ नियन्त्रण 



Download our app to get more features

करी पत्ताले खानाको स्वाद र बास्ना बढाउँछ भन्ने हामी सबैलाई थाहा भएको कुरा हो ।

तर, करी पत्ताले हाम्रो स्वास्थ्यलाई पनि राम्रो बनाउनमा मद्दत गर्छ यो भने थोरैलाई थाहा होला ।


जनरल अँफ प्लान्ट फूड्स फर न्यूट्रीशनको एक अध्ययनका अनुसार, करी पत्ताले ब्लड–सुगरको मात्रालाई नियन्त्रण गर्छ । मधुमेहका रोगीहरु बाहेक जसले तौल घटाउन चाहन्छन् उनीहरुले करी पत्ताको प्रयोग आफ्नो खानामा गर्नु राम्रो हुन्छ ।

आयुर्वेदका अनुसार, करी पत्तामा पाइने पोषक तत्व हाम्रो स्वास्थ्यको लागि धेरै नै फाइदाजनक हुन्छ ।

१. करी पत्तामा पर्याप्त मात्रामा आइरन र फलिक एसिड हुन्छ र यसले रक्तअल्पताको खतरालाई कम गर्छ । साथै यसमा पाईने भिटामिन ए र सी ले कलेजोलाई स्वस्थ राख्छ । 
२. ब्लड–सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । करी पत्तामा पाइने फाइबर इन्सुलिनले  ब्लड–सुगरको मात्रा कम गर्छ ।
३. करी पत्ता खानाले शरीरको तौल नियन्त्रणमा रहन्छ र यसले पाचन क्रियालाई पनि सन्तुुलित राख्छ । करी पत्तामा कार्मिनटिव तत्व पाईन्छ जसले कब्जीयत हुन दिदैन ।
४. करी पत्ताको सेवन गर्नाले मुटुु बलियो बनाउनुका साथै कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ ।
५. करी पत्तामा एंन्टी अक्सिडेन्ट, एन्टी व्याक्टेरियल र एन्टी फँगल हन्छ र यसले छालालाई इन्फेक्सन हुनबाछ बचाउँछ ।

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2018-01-11 12:08:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts