विवाहपछि तौल बढ्नुमा सेक्सको दोष छ ?



Download our app to get more features

एजेन्सी, २९ पुष ।धेरै मानिस ठान्छन् की विवाहपछि तौल बढ्नुको प्रमुख कारण शारीरिक सम्बन्ध नै हो ।

यौन सम्पर्कपछि महिलाको शरीरमा विभिन्न प्रकारका हर्मोनल परिवर्तन आउँछ र सोही कारण उनीहरू मोटाउन थाल्छन् । तर, अहिलेसम्म कुनै पनि अध्ययन अनुसन्धानले यो कुरालाई पुष्टि भने गरेको छैन ।

यहाँ विवाहपछि पुरुष वा महिलामा तौल बढ्दै जाने केही कारणबारे चर्चा गरिएको छ ।  

१. विवाहमा स्लीम तथा आकर्षक देखिने प्रायः सबै महिला तथा पुरुषको चाहना हुन्छ । यसका लागि उनीहरू जीम गएर एक्सरसाइज गर्ने तथा खानपानमा निकै कन्ट्रोल गर्छन् । तर, विवाहपछि खासगरी महिला र केही हदसम्म पुरुष यति व्यस्त हुन्छन् की उनीहरू आफ्नो स्वास्थ्य र तौलमा ध्यानै दिदैनन् । विवाहपछि अचानक परिवर्तन हुने जीवनशैलीका कारणले पनि मानिसहरू मोटाउने गर्छन ।

२. विवाहपछि मोटाउने अर्को कारण भनेको धेरै खाना पनि हो । नवविवाहित जोडीलाई आफन्त तथा साथीभाइले खाना खान बोलाउने परम्पराका छ । अधिक खानाका कारण पनि मोटोपन बढ्न सक्छ । 

३. यसैगरी विवापछि ह्वात्तै तौल बढ्नुको अर्को कारण पतिपत्नीबीचको प्रेम तथा एक अर्काबीचको खाना तथा स्वास्थ्यको ख्याल गर्ने बानी पनि हुन सक्छ । सन् ०१३ मा प्रकाशित हेल्थ साइकोलोजी आर्टिकलले यसलाई धेरै हदसम्म पुष्टि गरेको छ । आर्टिकलका अनुसार जुन जोडीमा एक अर्कोमा समर्पण, माया तथा सुरक्षाको भावना बढी हुन्छ त्यस्ता जोडीको तौल अन्यको तुलनामा तिव्र रुपले बढेको पाइएको छ ।

४. सामान्यतया विवाहपछि महिलाको मात्र तौल बढ्ने भनिए पनि यो एक भ्रम मात्रै भएको अध्ययनहरूले देखाएका छन् । विवाहपछि पुरुषको तौल पनि बढ्ने गर्छ । यो तथ्य हालै गरिएको एक अध्ययनले देखाएको हो । अध्ययनका अनुसार विवाहपछि जुन गतिमा महिलाको तौल बढ्छ पुरुषको पनि सोही गतिमा बढ्छ । 

सो अध्ययनले यो पनि साबित गरेको छ की, बिहेपछिको पाँच वर्षमा महिलाको तौल (२४ पाउण्ड) करीब ११ किलो बढ्छ भने सोही अवधिमा पुरुषको तौल (३० पाउण्ड) करीब १३ किलो बढ्छ ।  


 

Last modified on 2018-01-13 10:59:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts