तिलको लड्डु खानुका ९ फाइदाहरु...



Download our app to get more features

आज माघे सक्रान्ती पर्व ।

आजको दिन खिचडी, तरुल, चाकु, तिलको लडड् आदि खाने चलन छ । तिलको लड्डु स्वादिलो त हुन्छ नै यसका फाइदा पनि अनेक रहेका छन् । यहाँ तिलको लड्डुका फाइदाबारेमा चर्चा गरिएको छ । 

रुघा खोकीबाट बचाउँछ
यो खाँदा शरिरमा प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र रुघाखोकीबाट राहत प्रदान गर्दछ ।

क्यान्सरको जोखिम कम
तिलमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरको सेल्सको गठन हुन रोकिदिन्छ ।

जोर्नी दुखाईमा राहत
यसमा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन सहयोग गर्दछ र जोर्नी दुखाईबाट राहत प्रदान गर्दछ ।

पाचनमा सहयोग
सख्खरमा र तिलमा फाइबर हुन्छ जसले पाचन शक्तिलाई बलियो बनाउँछ र कब्जियतको समस्याबाट बचाउँछ ।

चोटपटकमा राहत
यसमा जिंक हुन्छ जसले चाँडै नै चोटपटक ठिक गर्न सहयोग गर्दछ ।

गर्भवतीका लागि राम्रो
सख्खरमा आइरनको मात्रा अत्यधिक हुन्छ जसले गर्भावस्थाको क्रममा रगतको कमी टाढा राख्न मद्दत गर्दछ ।

तौल कम गर्न मद्दत
तिलको लड्डु सख्खरको मिश्रणले बनाइने भएकाले यी दुईको सेवनले शरिरको मेटाबोलिजम बढाएर तौल कम गर्न सहयोग गर्दछ ।

सुन्दरता बढाउँछ
तिलसँगै सख्खर खाँदा शरिरको टक्सिन बाहिर आउँछ जसले छालालाई नरम र चम्किलो बनाउँछ ।

मुटु रोगको जोखिम कम
यसमा पोटासियम हुन्छ जसले मुटु रोगको समस्याबाट बच्न सहयोग पुर्याउँछ ।

Last modified on 2019-01-15 14:53:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts