हिउँदमा छलाको हेरचाह यसरी गरौं



Download our app to get more features

जाडोमा छालाबढी सुख्खा हुन्छ । त्यसैले छालालाई मोइस्चराइज गर्नुपर्छ ।

*    छाला बढी सुख्खा छ भने ओयल बेस्ड मोइस्चराइजर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

*    प्राय: जाडोमा मोइस्चराइजर प्रयोग गर्न आवश्यक मानिँदैन तर त्यसो गर्नु ठीक होइन । जाडोमा सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

*    छाला बढी सुख्खा छ भने पेट्रोलियम जेली प्रयोग गर्न सकिन्छ ।

*    मोइस्चराइजिङका लागि तेल मसाज पनि राम्रो विकल्प हो । नुहाउनुपूर्व नरिवलको तेललेबडी मसाज गर्नुपर्छ ।

*    नुहाएपछि बडी लोसन क्रिम वा तेल प्रयोग गर्नुपर्छ । यसबाट मोइस्चर लक हुन्छ र छालाबढी समयसम्म हाइड्रेटेड रहन्छ ।

*    नुहाउन तातोभन्दा मनतातो पानी उपयुक्त हुन्छ ।

*    धेरै कडा खालको रसायन भएको प्रोडक्टभन्दा माइल्ड स्किनप्रोडक्ट प्रयोग गर्नुपर्छ । कारण कडा रसायनले छालालाई हानि पुर्‍याउँछ ।

*    जाडोमा अनुहारको नेचुरल आयल कम गर्ने खालको फेसप्याक वा मास्कको प्रयोगबाट जोगिनुपर्छ । मड प्याक प्रयोग गर्नुहुँदैन न त अल्कोहल बेस्ड कुनै प्रोडक्ट नै ।

*    एलोबेरा, ग्लिसरिन वा नेचुरल आयलयुक्त प्रोडक्ट प्रयोग गर्नुपर्छ ।

*    अनुहारको मात्र होइन हातको छालाको पनि विशेष हेरचार गर्नुपर्छ । कारण हातको छाला पनि पातलो हुन्छ भने हातमा तैलीय ग्रन्थिसमेत कम हुन्छ ।

*    ह्यान्ड ग्लोभ प्रयोग गर्न सकिन्छ भने पानीमा काम गरेपछि ह्यान्ड क्रिम वा लोसन लगाउनुपर्छ ।

*    कुहिनाको रफ र सुख्खा छालाका लागि कागतीमा मह वा चिनी मिश्रित स्क्रब प्रयोग गर्न सकिन्छ । यसले छालालाई कोमल एवं मुलायम राख्छ ।

*    हातखुट्टा बढी सुख्खा छन् भने लेक्टिक एसिड लोसन प्रयोग गर्न सकिन्छ ।

*    पानीमा दुई कप दूध मिसाएर नुहाउन सकिन्छ । दूधमा भएको ल्याक्टिक एसिडले छालालाई कोमल बनाउँछ ।

*    मेनिक्योर–पेडिक्योर गर्दा पानीमा प्राकृतिक तेल हाल्नु राम्रो हुन्छ ।

*    सुतीको मोजा प्रयोग गर्नुपर्छ । यसले कुर्कुच्चा फुट्न दिँदैन ।

*    अनुहारलाई लाइट स्क्रबले एक्सफोलिएट गर्नुपर्छ । यसबाट मृतछाला हटेर छाला फ्रेस अनि ब्राइट हुन्छ ।

*    हाइट्रेटिङ फेस मास्क प्रयोग गर्नुपर्छ । यसका लागि होममेड मास्क पनि तयार गर्न सकिन्छ ।

*    एक–एक चिया चम्चा मह र मलाई मिक्स गरी अनुहारमा प्रयोग गर्ने अनि १५ मिनेटपछि चिसो पानीले पखाल्ने । यो मास्कले छालालाई हाइड्रेट गर्छ ।

*    एक–एक चिया चम्चा कोको वटर र ओलिभ आयल मिक्स गर्ने । त्यसमा थोरै अदुवाको पेस्ट पनि मिसाउने । अनुहारमा १५ मिनेटजति राखेर पखाल्ने । कोको वटर प्राकृतिक उत्पादन हो । पिम्पल्सको समस्या छ भने यसको प्रयोग गर्नु हुँदैन ।

*    बदामको तेल तथा मिल्क मास्क पनि लाभदायक हुन्छ । एक चिया चम्चा बदामको तेलमा दुई चिया चम्चा काँचो दूध मिसाउने । १० मिनेटसम्म अनुहारमा लगाएर राख्ने अनि त्यसपछि पखाल्ने । दूध तथाबदामको तेलको हाइड्रेटिङ गुणले छालामा सकारात्मक प्रभाव छोड्छ ।

*    रोजवाटर तथा स्ट्रबेरी फेसप्याक पनि छालालाई ग्लोइङ प्रभाव दिन सक्षम हुन्छ । दुई चिया चम्चा स्ट्रबेरी पल्पमा एक चिया चम्चा गुलाबजल मिसाएर अनुहारमा प्रयोग गर्ने । २० मिनेटपछि अनुहार धुने । स्ट्रबेरी भिटामिन सी तथा ओमेगा थ्रीले भरिपूर्ण हुन्छ । यसले छालालाई पोषण प्रदान गर्छ ।

*    केरा तथा मिल्क पाउडरको मास्क पनि प्रयोग गर्न सकिन्छ । कारण केरा मोइस्चराइजिङ गुणका लागि परिचित छ । एक चिया चम्चा म्यास गरिएको केरा तथा मिल्क पाउडर मिसाउने । छाला धेरै ओयली छ भने मिल्क पाउडरको साटो गुलाबजल मिसाउन सकिन्छ । त्यसमा केही थोपा मह पनि हाल्नुपर्छ । यो मास्कलाई २० मिनेटसम्म राखी अनुहार पखाल्ने । यसले छालालाई हाइड्रेट सफ्ट र स्मुद बनाउँछ ।

*    दहीले मसाज गर्दाछालाचम्किलोहुन्छ ।

*    यी सबै कुरासँगै हेल्दी डाइट, नियमित व्यायाम,पर्याप्त निद्रा तथाप्रशस्त मात्रामा पानी सेवन गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

(नारी मासिकबाट)

 

 



 

Last modified on 2018-11-13 13:21:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts