इन्फ्लुएन्जा फ्लूबारे जानी राखौं 



Download our app to get more features

मौषम परिर्वतन भएसँगै मानिसमा विभिन्न सक्रमण देखिन थाल्छ ।

अझ विशेषगरी जाडो मौषममा यस्तो समस्या बढी नै देखिन सक्छ । जाडोमा सबै भन्दा बढी इन्फ्लुएन्जा फ्लूको समस्या हुने चिकित्सकहरू बताउँछन । इन्फ्लुएन्जा फ्लू भाइरसबाट सर्ने एक किसिमको रोग हो ।

फ्लुका कारण खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, सिंगान बग्ने र नाक बन्द हुने, शरीर आलस्य हुने, जीउ दुख्ने हुन्छ । फ्लुले शिशुदेखि सबै उमेर समूहका मानिसलाई प्राभावित गर्छ । 

फ्लू कसरी सर्छ 
—फ्लु भएका मानिसले खोक्दा हाछिउँ गर्दा भाइरल सर्छ ।
—बिरामीले खोक्दा, हाछिउँ गर्दा, बोल्दा नजिकको मानिसमा फ्लू सर्नसक्छ । 
— फ्लू संक्रमित व्यक्तिले छोएका समान अर्को व्यक्तिले छुदा पनि फ्लू सर्न सक्छ । 

फ्लुले मानिसलाइ कति बिरामी बनाउछ ?
फ्लूको प्रभाव व्यक्ति अनुसार फरक फरक हुन्छ । कोही धेरै बिरामी पर्न सक्छन भने कसैलाई सामान्य प्रभाव मात्रै पर्न सक्छ । कुनै व्यक्तिको फ्लुका कारण ज्यानै जाने सम्म हुन्छ । विशेषगरी ६५ वर्ष माथिका अथवा स्वास्थ्य अवस्था कम्जोर भएका मानिसमा फ्लूको प्रभाव बढी पर्छ । साथै पाँच वर्ष मुनिका बालबालिकामा पनि यसको खतरा बढी हुन्छ ।

फ्लुको भाइरस कति समय जिवित रहन्छ
—संकेत देखिएको एक दिनदेखि ५ दिनसम्म फ्लु सर्न सक्छ ।
—फ्लु भाइरललाई १६७ डिग्री फरेनहाइट भन्दा माथिको तापक्रममा यसका भाइरस मर्छन । 
—क्लोरीन, हाइड्रोजन, पेरोक्साइड, डिटर्जेन्ट, साबुन, आयोडोफोर्स, आयोडिन भएको एन्टीसेष्टिक, अल्कोहलले पनि फ्लूका भाइरस मर्न सक्छन  ।
 

Last modified on 2018-11-06 06:34:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts