अदुवामा हुन्छ क्यान्सरसँग लड्ने गुण 



Download our app to get more features

अदुवाको प्रयोग प्रायः हामी सबैको घरमा हुन्छ । अदुवालाई विशेषगरी मसलाको रुपमा भान्सामा प्रयोग गरिन्छ ।

यसमा खानालाई स्वादिलो बनाउने गुण हुन्छ । साथै अदुवामा एन्टीफंगल, एन्टीब्याक्टोरियल र एन्टीभाइरल गुण पनि हुन्छ । यसकारण अदुवालाई विभिन्न तरीकाले प्रयोग गर्न सकिन्छ । 
अदुवाका फाइदा
—अदुवा सेवनले पाचन क्रिया सक्रिय रहने र खाना सजिलै पच्ने हुन्छ ।
—अदुवाको रस पिउँदा रगत सफा हुने र छालामा चमक ल्याउँछ ।
— पिम्पल्स र इन्फेक्सनबाट अनुहारलाई जोगाउँछ ।
—अदुवा पानीको नियमित सेवनले रगमा चिनीको मात्रा नियन्त्रण गर्छ साथै अदुवा सेवनले साधारण मानिसलाई मधुमेह हुनबाट पनि जोखाउँछ । 
—मोटोपन कम हुन्छ । अदुवालाई नियमित सेवन गर्नाले शरीरको अतिरिक्त बोसो नष्ट हुन्छ ।
—अदुवामा क्यान्सरसँग लड्ने तत्व हुन्छ । जसको कारण पनि फोक्सो कलेजो, छाती, छाला र आमाशयको क्यान्सरबाट बच्न सकिन्छ ।
—हरेक दिन यसको प्रयोग गर्दा रुघाखोकी र भाइरल संक्रमणबाट जोगिन मद्दत पुग्छ । 
—यसमा पाइने फस्फोरसले दाँतलाई बलियो बनाउँछ र गिजा सम्बन्धी समस्याबाट टाढा राख्छ ।

Last modified on 2018-10-31 14:02:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts