आयरल्याण्डमा मौसमी ज्वरोबाट चौबीसको मृत्यु



Download our app to get more features

डब्लिन (आयरल्याण्ड), ५ माघ । आयरल्याडमा मौसमी ज्वरोका कारण २४ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । 

अस्पताल आइ मृत्यु भएका प्रायः सबै व्यक्तिमा ज्वरो नै मृत्युको मूल कारण देखिएको हेल्थ सर्भिस एक्जुकेटिभ (एचएसइ) का चिकित्सक केभि केल्लेहेरले बताए । 

यस प्रकोपमा परी बालबालिकादेखि सवै उमेरका व्यक्तिको मृत्यु भएको पनि केल्लेहेरले बताए । 

प्राप्त पछिल्लो जानकारीअनुसार ज्वरोको प्रकोप गतहप्ता सबैभन्दा बढी भएको र यसैगरी आगमी हप्ता पनि यो प्रकोप बढ्ने अनुमान गरिएको स्वास्थ्य सम्बद्ध अधिकारीहरुको रहेको छ । 

ज्वरोको यस्तो प्रकोप क्रिस्मसपछि सुरु भएको र यो १७ वर्षयता अत्यन्त खराव स्थिति देखा परेको यो पाँचौ पटक भएको बताइएको छ । 

एचएसईका अनुसार यस प्रकोपबाट सबैभन्दा धेरै जोखिम बालबालिका र बृद्धबृद्धाहरुमा रहेको पनि समाचारमा जनाइएको छ । 

 

रासस

Last modified on 2018-01-19 15:49:57

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts