जीवनशैलीका कारण बिरामी पर्नेमा पुरुष भन्दा महिला बढी



Download our app to get more features

काठमाडौं,७ माघ । हाम्रो स्वास्थ्मा हाम्रो लाइफस्टाइलको प्रभाव सबैभन्दा धेरै हुन्छ ।

तथ्याकंका अनुसार हेर्ने हो भने पुरुष भन्दा महिलाहरुको जीवनशैलीसँग सम्बन्धित रोगहरु तिव्रगतिमा बढ्दैछ ।

शहरमा बस्ने १८ देखि ३५ वर्ष उमेरकी महिलाहरु तनाव, जोर्नीको दुखाई, ढाँड दुखाई, मोटोपना, मधुमेह र थाइराइड जस्ता रोगहरुसँग पीडित छन् । 

एक अनलाइन फार्मेसी स्टोर ‘केयर अन गो’ ले गरेको सर्वेक्षण अनुसार यो तथ्य सार्वजनिक गरिएको हो । सर्वेक्षणका अनुसार, महिलाहरुले यी रोगका औषधि अनलाईन धेरै मात्राम अर्डर गर्ने गर्छिन् ।

महिलाहरुको प्रतिशत संख्या पुरुषको तुलनामा अत्यधिक पाइएको छ । 
६ महीनासम्म देशका अधिकांश शहरहरुमा अन लाइन औषधिको अर्डरको रेकर्ड देखेपछि लगभग ४० प्रतिशत औषधि जीवनशैली सँग सम्बन्धित रोगीका लागि अर्डर गरिन्छ । विशेषज्ञहरुका अनुसार, महिलाहरु पुरुषको तुलनामा बढी बिरामी हुने गर्छिन् ।

यसका अनेक कारण हुन सक्छन् । महिलाहरुलाई भिटामिन डी को पोषण त्यति दिइदैन जति उनलाई आवश्यक हुन्छ । भारत स्थित मूलचन्द अस्पतालका मेडिसिन सल्लाहकार, डाक्टर श्रीकान्त शर्माका अनुसार, शरीरमा क्याल्शियम संरक्षण गर्नका लागि भिटामिन डी हुनु अत्यन्तै आवश्यक हुन्छ ।

 पर्याप्त मात्रामा भिटामिन डी प्राप्त नभएपछि हड्डीलाई क्याल्शियम प्राप्त हुँदैन र हड्डी कमजोर हुन थाल्छ । त्यतिमात्र होइन, भर्खरै गरिएको एक अध्ययनका अनुसार, भिटामिन डी को कमी हुनाले मधुमेहको खतरा पनि बढ्न थाल्छ । विशेषज्ञका अनुसार, कम सुत्नु, धूम्रपान, मद्यपान, व्यायामलाई निरन्तरता नदिनाले त्यसको प्रत्यक्ष प्रभाव जीवनशैली सँग सम्बन्धित हुन्छ , जसले गर्दा स्वास्थ्य समस्याहरुको खतरा बढ्न थाल्छ । जुन व्यक्तिमा तनावको समस्या हुन्छ, उनीहरुमा मधुमेह हुने खतरा अन्यको तुलना बढी हुन्छ ।

‘केयर अन गो’ की सह–संस्थापक रितु सिंहका अनुसार सर्वेको मुख्य उद्देश्य लाइफस्टाइल सँग सम्बन्धित रोगप्रति मानिसलाई जागरुक बनाउनु हो ।

(एजेन्सीको सहयोगमा)  

Last modified on 2018-01-21 12:10:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts