महिलाको सक्रियताले यौन जीवनमा झनै सन्तुष्टि 



Download our app to get more features

एजेन्सी । सामान्यतया यौन सम्पर्कका दौरानमा पुरुष एक्टिभ हुनुपर्छ भन्ने मान्यता छ ।

यौन सम्पर्कको पहल पनि पुरुषले नै गर्नुपर्छ भन्ने मान्यता रहे पनि विभिन्न समयमा गरिएका अध्ययनले महिला पनि उतिकै कामुक हुने देखाएका छन् ।

फर्टिलिटी एम किन्डाराको तर्फबाट केही समयअघि गरिएको एक अध्ययनमा ७५ प्रतिशत महिलाले सातामा तीन पटक भन्दा बढीसम्म यौन सम्पर्क गर्ने इच्छा राख्ने जानएको छ । यस्तै, १३ प्रतिशत महिलाले सातामा ६ पटक भन्दा बढी यौन सम्पर्कको इच्छा लाग्ने बताएको जनाएका थिए । यदि महिलाले यौन सम्पर्कका दौरानमा आफैले पहल गर्ने हो भने सम्बन्ध अझै राम्रो हुने अध्ययनहरूको दावी छ ।

यहाँ यौन सम्पर्कका क्रममा महिला पनि उत्तिकै सक्रिय भए हुने फाइदाका बारेमा चर्चा गरिएको छ । 

आत्मविश्वास बढ्छ
३५ वर्षीया भारतीय शिक्षिका रुविना (नाम परिवर्तन) भन्छिन ‘जब मेरो केटासाथीले मेरो सेक्सको डिमाण्ड पूरा गरिदिन्छन तब मलाई सशक्त भएको महसुश हुन्छ ।’ उनी अगाडी थप्छिन् ‘म सेक्सलाई लिएर आक्रमक हँुदिन । तर भावपूर्ण संकेत भने दिन्छु । मनमा लागेको कुरा केटा साथीसँग खुलेर भन्न सक्छु । यसमा मलाई आनन्द आउँछ । उनका अनुसार सेक्समा देखाएको सक्रिय भूमिकाले सम्बन्धमा आत्मविश्वास बढाउन निकै मद्दत गरिरहेको छ । 
उत्तेजना बढाउँछ
कहिलेकाही यौन सम्पर्कका दौरानमा पार्टनरसँग महिला हावी हुने कोशिस गर्दा पनि दुवैको उत्तेजना बढेर जाने र सेक्स लाइफ राम्रो हुने अध्ययनको निश्कर्ष छ । महिलाले भावना र आफ्नो शरीरले चाहेको कुरा स्पष्टसँग राख्न सकेमा यौनजीवन उत्तम हुनेगर्छ । 
सम्बन्ध प्रगाढ हुन्छ
शारीरिक निकटताले यौन साथिबीच झनै नजिक आउने मौका दिने गर्दछ जसका कारण सम्बन्ध अझ मजबुत र सन्तुष्ट बन्न सहयोग पुग्छ । विज्ञानले पनि प्रमाणित गरिसकेको छ की कुन प्रकारको सेक्सले सम्बन्धमा इमोशनल एट्याच ल्याइदिन्छ भनेर । सेक्सका कारण शरीरमा ह्याप्पी हर्मोन उत्पादन हुने र प्रवाहित हुने गर्छ । जसले दुवै यौन पार्टनरलाई तनावबाट छुट्कारा दिलाउन धेरै हदसम्म मद्दत गर्दछ । तपार्इं आफ्नो पार्टनरसँग जति कम तनावमा रहनु हुन्छ उति नै कनेक्टीभिटी तथा ब्याण्डिङ बलियो हुँदै जान्छ ।

प्रेसर फ्री
यौन सम्पर्कका क्रममा अक्सर पुरुष सक्रिय रहने र दुवैलाई आनन्द सुनिश्चित गराउने जिम्मेवारी पनि पुरुषमा नै रहने भएपनि जब महिला पनि खुलेर साथ दिन्छिन् तब पुरुषमाथिको  मानसिक तथा शारीरिक प्रेसर स्वत कम हुन्छ । यसविषयमा भारतीय समाजशास्त्री डा. प्रकाश कोठारी भन्छन् ‘महिला तथा पुरुष दुवै जनाले यो कुरा राम्ररी बुझ्नुपर्छ की सेक्स कोही पर्फमेन्स होइन । यसको मुख्य उद्देश्य भनेको दुब्ै जनाले भरपूर लाभ उठाउनु नै हो ।’ 
 

Last modified on 2018-01-27 11:08:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts