तनाव नियन्त्रण गर्ने आयुर्वेदिक उपचार 



Download our app to get more features

तनाव हाम्रो शरीरमा हुने एक सामान्य प्रक्रिया हो । जब हामी कुनै संकटमा हुन्छौं तब हाम्रो मानसीक सन्तुलन बिग्रन्छ र हामी थकान, रिस र खानामा अरुची हुने र एक्लै बस्न मन लाग्छ । तनावसंग जोडिएको चुनौतिको सामना पनि एक हदमा पुगेपछि त्यही तनाबले शरीरिक स्वास्थ्यमा गम्भीर प्रकारका समस्या निम्त्याउँछ । 

तनाव कम गर्न आयुर्वेद उपचार पद्धतिमा पनि विधिहरु छन् । मानसिक, भावनात्मक र शारीरिक लगायत अलग अलग किसिमका तनाबलाई अलग अलग प्रकारले उपचार गर्नुपर्ने आयुर्वेदमा उल्लेख छ ।
आयुर्वेदका अनुसार मानसिक तनाव मस्तिष्कको चाहिने भन्दा बढि प्रयोग र दुरुपयोग गर्या भने हुन्छ ।

यदि तपाईं धेरै समय आवश्यक भन्दा बढि कम्प्युटरमा बस्नु भयो भने मानसिक कार्य क्षमता, शक्ति र मस्तिष्कसँग जोडिएको प्राणवायु तत्वमा असन्तुलन पैदा हुन्छ । 

के के हुन् तनावका लक्षण ?
मानसिक लक्षण

  • स्मरणशक्तिमा समस्या
  • एकाग्रतामा कमी
  • कुनै कुरा ठम्याउन समस्या
  • नकरात्मक सोचमा वृद्धि
  • निरन्तर चिन्ता

भावनात्मक लक्षण

  • व्यवहारमा परिवर्तन
  • छटपटी  र अनियन्त्रित रिस
  • बेचैनी र विश्राम गर्न नसक्ने
  • सँधै हारेको अनुभव
  • एक्लोपनको महशुस
  • डिप्रेसन वा वितृष्णा बढ्नु

शारीरिक लक्षण

  • पिडा वा दुखाईको अनुभव
  • कब्जियतको समस्या
  • चक्कर वा कमजोर महशुस
  • यौन रुची घट्नु
  • निरन्तर चिसो लाग्नु
  • खानामा अरुची तथा खाएको कुरा अपच हुनु
  • मुटुको चाल बढिरहनु

स्वभावसंग जोडिएको लक्षण

  • आवश्यकभन्दा कम की बढि खाने र सुत्ने ।
  • अरुसंग धेरै नबोल्ने र बोलेमा अनाबश्यक झर्किने । 
  • आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने ।
  • आरामको लागी मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा लिने ।

कसरी छुटकारा पाउने ?

  • नकरात्मक सोचलाई त्याग्नुहोस्
  • मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा नलिनुहोस्
  • ठुला ठुला निर्णय नगर्नुस र अरुसँग सल्लाह माग्नुहोस्
  • दैनिक कम्तिमा ८ घण्टा सुत्नुहोस्
  • रातको १० बजे अगाडी निदाउने प्रयास गर्नुस् ।

के के आयुर्वेदिक औषधि सेवन गर्ने त ?

  • दैनिक गाईको तातो दुधमा कम्तिमा ५ दाना बदाम मिलाएर पिउनुुस् वा मह र १ ग्राम कालो मरिच घोलेर दैनिक २ पटक पिउनुस् ।
  • निधारमा नीमको पात वा अदुवासंग दुध मिसाएर बनाइएको लेप लगाएर कम्तिमा १ घण्टा दैनिक उत्तानो परेर निदाउनुस् ।
  • क्षीरबाला तेल, धन्वन्तरी तेल वा नरिवलको तेलले पुरै शरीर मालिस गर्नुस् ।
  • दैनिक खानासंग लस्सीमा ग्लुकोज मिसाएर पिउनुस् ।
  • तनाव बढेको महशुस गर्नुभयो भने अंध्यारो कोठामा गएर करिब आधा घण्टा विश्राम गर्नुस ।

तपाईं तनाव कम गर्न आजै देखि आफ्नो खानपान र दैनिक अभ्यास माथि भने अनुसार गर्नुस् । यदि संधै तनावलाई बोकेर हिंड्नुभयो भने मुटु रोग, पेप्टिक अल्सर, क्यान्सर  लगायत गम्भीर प्रकारको मानसिक रोगले तपाइँलाई सताउने निश्चित छ ।

Last modified on 2018-01-28 11:49:06

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. डा. प्रकाश ज्ञवाली on Sat, Jan 27 2018 09:16 PM

    Above mentioned methods are not Ayurvedic method of stress management. They are just herbal remedy. Please verify the articles before publishing .


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts