काबुलमा एम्बुलेन्स बम विस्फोट हुँदा ९५ जनाको ज्यान गयो



Download our app to get more features

काबुल, १४ माघ । अफगानिस्तानको राजधानी काबुलमा भएको एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ जनाको ज्यान गएको छ भने १ सय ५८ जना घाइते भएका छन् । 

काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थानलाई शनिबार लक्षीत गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराउँदा कम्तीमा ९५ जनाको ज्यान गएको बताइएको छ । साथै उक्त बम विस्फोटलाई यो वर्षकै सबैभन्दा ठूलो घटनाको रुपमा लिइएको छ । 

घाइतेको सङ्ख्या बढी भएकाले स्थानीय अस्पतालहरुमा उपचारमा समस्या भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । 

विद्रोही र इस्लामिक स्टेट (आइएस) लडाकू समूहले बेलाबेलामा आक्रमण गरिरहने भएकाले काबुलका आमनागरिकका लागि अत्यन्त प्राणघातक भएको छ । यद्यपि एएफपीका संवाददाताले जामुरिते अस्पतालमा मृत्यु हुने र घाइते हुनेहरुको संख्या अत्यधिक देखेको बताएका छन् । 

अस्पतालका स्वास्थ्यकर्मीहरुले रक्तपातपूर्ण घाइतेहरुलाई अस्पतालको गल्लीमा समेत राखेर उपचार गरी जीवन जोगाउने संघर्ष गरिरहेका छन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद माजरोहले एएफपीसँग भन्नुभयो, “अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ९५ पुगेको छ, १ सय ५८ जना घाइते भएका छन् । यसअघि गृह मन्त्रालयले ६३ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । 

एम्बुलेन्स आक्रमणको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ । घटनापछि सरकारी सुरक्षाकर्मीहरुले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर दोषीहरुको खोजी कार्य तीव्र पारेको जनाएका छन् । 


रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts