कागती पानी सेवनबाट विश्वासै नलाग्ने ११ फाइदा



Download our app to get more features


पोषणविज्ञ र सेलिब्रेटीहरूले आफ्नो दैनिकीको सुरुवातमा एक गिलास कागती पानी सेवन गरी गर्छन ।

जसले उनीहरूलाई स्वस्थ मात्रै होइन दिनभर सक्रिय पनि बनाउँछ । तपाईं पनि कागती पानी सेवनबाट दिन सुरुवात गर्नुहोस् विश्वास नै नलाग्ने ११ परिवर्तन महशुस गर्नुहुनेछ

१. तौल नियन्त्रणमा रहन्छ
डाइटरहरूको सबैभन्दा राम्रो साथी हो कागती पानी । कागतीमा हुने पोलीफेनोल तत्वले भोकलाई नियन्त्रण गर्छ । साथै शरीरमा भएको बोसोबाट नै शरीरमा आवश्यक तत्वको परिपूर्ति गर्छ । साथै तौललाई पनि नियन्त्रणमा राख्छ । खाना खानुअघि एक गिलास कागती पानी सेवन गरे तपार्इंले खाएको खानालाई पचाउन पनि मद्दत गर्छ ।   

२. बिरामी हुनबाट जोगाउँछ 
भिटामिन सी को बारेमा हामी सबैले सुनेकै छौं । जुन अमिलो फलफुलमा बढी पाइन्छ । भिटामिन सीले मानव शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । तर, कागती पानी सेवनले रोगप्रतिरोधात्मक क्षमता मात्रै बढाउँदैन संक्रमणबाट पनि जोगाउँछ

३. पाचन तन्त्रलाई बलियो बनाउँछ
कागतीमा हुने एसिडले पाचनतन्त्रलाई सक्रिय बनाउँछ । कागतीमा भएको एसिडले पेटमा भएको खानालाई टुक्राउन मद्दत गर्छ जसले पाचन पक्रिया सहज बन्छ । मनतातो पानीमा कागतीको रस राखेर सेवन गरे वृद्धावस्थामा हुने पाचन सम्बन्धी समस्या हट्ने पोषणविद्हरूको भनाइ छ । 

४. भिटामिन सी भरपुर
अमिलो फलफूलहरू भिटामिन सीको प्रमुख स्रोत हो । यूनाइटेड स्टेड डिपार्टमेन्ट अफ एग्रीकल्चरका अनुसार चौथाइ कप कागतीको रसमा २३ दशमलब ६ मिलिग्राम भिटामिन सी पाइन्छ । भिटामिन सीले मुटुजन्य रोग र क्यान्सरको जोखिमलाई पनि कम गर्छ । 

५. शरीरमा पानीको मात्रा कमी हुन दिदैन
कागाती पानीले प्रत्यक्ष रुपमा शरीरको पानीको मात्रा त पुरा गर्छ नै साथै यसको स्वादले पानी खाने रुची पनि जगाउँछ । जसले शरीरमा पानीको मात्रा कमी हुन दिदैन । 

६. जवान राख्न मद्दत गर्छ 
कागतीमा पाइने भिटामिन सीले छालालाई सुन्दर र मुलायम मात्रै राख्दैन छाला चाउरिनबाट पनि बचाउँछ । कागतीमा पाइने भिटामिन सीमा छाला चाउरिने पक्रियासँग लड्ने गुण हुन्छ । यसले छालाको रक्षा गर्छ ।

७. कलेजोको काममा मद्दत गर्छ  
कागती पानीले कलेजोलाई काम गर्न अझै सक्रिय बनाउँछ । कलेजोले सक्रिय रुपमा काम गरे शरीरका अन्य अंगले पनि आफ्नो भूमिका सक्रिय रुपमा निर्वाह गर्छन ।  

८. शरीरमा पोटासियमको मात्रा बढाउँछ
फलफूल मध्ये केरामा मात्रै पोटासियम पाउने हामी विश्वस गर्छौ । तर कागतीमा पनि पोटासियम तत्व भरपुर हुन्छ । पोटासियमले मानव शरीरका कोषलाई सक्रिय मात्रै राख्दैन नसामार्फत हुने विभिन्न संकेतलाई पनि सक्रिय बनाउँछ ।

९. दिनभर ताजा र स्फूर्त राख्छ 
हरेक बिहान एक वा दुई गिलास कागती पानी सेवन गर्ने हो भने दिनभर शरीर स्पूmर्त रहने पोषणविद्हरूको भनाइ छ । साथै शरीरका विभिन्न अंग सक्षम हुनासाथै शरीर स्फूर्त हुनु स्वभाविकै हो ।

१०. मिर्गौलामा पत्थरी हुनबाट जोगाउँछ 
सामान्यता पानीको कमीका कारण मिर्गाैलामा पत्थरी हुने गर्छ । यदि नियमित कागती पानी सेवन गर्ने हो भने शरीरमा पानीको मात्रा कमी हुँदैन र मिर्गौलामा हुने पत्थरीको जेखिम स्वत कम हुन्छ । साथै पत्थरी भइसकेकाहरूलाई पनि कागती पानी स्वस्थकर हुन्छ । कागतीमा हुने एसिडले पत्थरीलाई पगाल्न सहयोग गर्छ ।

११. मुख गनाउने समस्याबाट मुक्ति दिन्छ 
मुखमा अड्किएको खानाका कारण धेरैजसोको मुख गनाउने गर्छ । यस्ता व्यक्तिले कागती पानी नियमित सेवन गरे मुखमा भएका खानाका टुक्रालाई सफा गर्छ । जसले मुख गानाउँने अथवा श्वास गनाउने समस्याबाट मुक्ति मिल्छ । 

(एजेन्सीको सहयोगमा) 
 

Last modified on 2018-01-30 22:35:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts