भारतमा आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा कार्यक्रम



Download our app to get more features

नयाँ दिल्ली (भारत), १८ माघ । भारतमा करिब आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा आयोजनाअन्तर्गत रकम प्रदान गरिने भएको छ । 

भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारत सरकारको यस वर्षको बजेटमा यस्तो आयोजना राखिएको खुलासा गरेका छन् । 

नयाँ दिल्लीमा बिहीबार आयोजित एक कार्यक्रममा उनले भारतका गरिब नागरिकलाई लक्ष्य गरेर यस्तो आयोजना ल्याउन लागिएको जानकारी दिए । 

सरकारले ल्याउन लागेको सो स्वास्थ्य सेवा कार्यक्रममार्फत करिब पचास करोड गरिब नागरिकलाई हरेक वर्ष ५० हजार भारतीय रुपैयाँ प्रदान गरिने छ । 

सो कार्यक्रमअनुसार ती नागरिकले प्रत्येक वर्ष स्वास्थ्य उपचार शीर्षकमा एक जनाले ५० हजार भारतीय रुपैयाँ प्राप्त गर्नेछन् । 

यो कार्यक्रम भारतमा आगामी आमनिर्वाचनमा मतदाता प्रभावित पार्नका लागि ल्याइएको विश्लेषण गरिएको छ । 

यो बजेट भारतमा हुन लागेको आगामी आमनिर्वाचनअघिको अन्तिम बजेट हो । त्यसैले पनि यसलाई निर्वाचनमा आफ्ना मतदाता प्रभावित पार्ने कार्यक्रमका रुपमा हेरिएको छ । 

यसअघि सो कार्यक्रम अन्तर्गत भारतीय गरिब नागरिकलाई वर्षमा ३० हजार रुैपैयाँ दिने गरिएको थियो । सोही रकमलाई बढाएर यस बजेटदेखि ५० हजार पु¥याइएको हो ।

 

रासस

Last modified on 2018-02-01 16:32:26

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts