अल्जाइमर्स अब रगत परीक्षणबाट थाहा हुने



Download our app to get more features

बीबीसी,१९ माघ । जापान र अष्ट्रेलियाका वैज्ञानिकहरूले अल्जाइमर्स रोग गराउने विषाक्त प्रोटिन बढिरहेको देखाउने रक्त परीक्षण प्रविधि विकास गरेका छन्।

’नेचर’ भन्ने जर्नलमा प्रकाशित रिपोर्टका अनुसार यो बिर्सने रोग पहिचान गर्नेतर्फ महत्त्वपूर्ण कदम हो।

स्वस्थ्य मानिसहरू, स्मरण शक्ति गुमेकाहरू र अल्जाइमर्स रोगीमा गरिएको परीक्षण ९० प्रतिशत सफल पाइएको थियो।

रक्त परीक्षण प्रारम्भिक चरणमा भएपनि अल्जाइमर्स रोग पहिचानमा यो महत्वपूर्ण उपलब्धि भएको बताइएको छ।

विषालु प्रोटिन
रोगीहरूलाई बिर्सने लक्षण देखिनु धेरै वर्षअघि नै अल्जाइमर्स रोग शुरू भइसकेको हुन्छ।

बिर्सने रोगमा मस्तिष्क कोषहरू सधैँका लागि समाप्त हुनुभन्दा अगाडि नै उपचार गर्नु महत्त्वपूर्ण छ।

रोगको पहिचान गर्ने एउटा पद्धति एमीलोइड बीटा भनिने विषालु प्रोटिन खोज्नु हो।

जापान र अष्ट्रेलियाका वैज्ञानिकहरूले संयुक्त रुपमा गरेको उक्त पद्धतिले रक्तसञ्चार प्रणालीमा पुग्ने एमीलोइड बीटा खोज्छ।

रगतमा कति एमीलोइड बीटा प्रोटिन छ त्यसको विश्लेषण गरेर अनुसन्धानकर्ताहरूले मष्तिष्कमा कति विषाक्त प्रोटिन छ त्यो पत्ता लगाउन खोज्छन्।

चार सयजनामा परीक्षण गर्दा ९० प्रतिशतमा सफल पाइएकाले भविष्यमा रक्त परीक्षण सम्भव हुन सक्ने वैज्ञानिकहरू बताउँछन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts