छोरीको उपचारका लागि आफ्नै दूध बेच्दै एक महिला



Download our app to get more features

बीबीसी,२२ माघ । चीनमा आफ्नी बिरामी छोरीका उपचारका लागि एक आमाले सडकमा आफ्नो ब्रेस्ट मिल्क अर्थात आफ्नै दूध बेचिरहेको समाचार अहिले विश्वभरका सामाजिक सञ्जालमा भाइरल बनिहरेको छ ।

भाइरल भएको उक्त भिडियोमा ति बाबु आमाले एक लाख यूआन आफ्नी छोरीको उचारका लागि आवश्यक परेको बताइरहेका देखिन्छन् ।

चीनको एक सोशल मीडिया प्लेटफर्म वीबोमा सो भिडियो  शेयर हुनेबित्तिकै २४ लाख भन्दा धेरै पटक हेरिएको छ । ५ हजार कमेन्ट्स पनि आइसकेका छन् ।

ति दूध बेच्ने महिलाका अनुसार उनलाई छिटो भन्दा छिटो पैसा संकलन गर्नु छ की किनकी उनकी एक बच्ची आइसीयूमा भर्नामा छिन । उक्त भिडियोको कमेन्ट्मा कसैले व्यापार तथा चर्चामा आउने नयाँ उपाय बताइरहेका छन् भने कसैले छोराछोरीप्रतिको आफ्ना आमा बाबुको माया भनेर टिप्पणी गरिरहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts