सिरियाली सरकारद्वारा विषालु ग्याँस हवाई आक्रमण

विषका कारण धेरैको श्वासप्रश्वास तथा आँखामा समस्या



Download our app to get more features

बीबीसी, २३ माघ । उत्तरी सिरियाबाट प्राप्त विवरणहरूका अनुसार विद्रोही नियन्त्रित इड्लिब प्रान्तमा सिरियाली सरकारले थप हवाई आक्रमण गरेको छ।

केही स्रोतले विषालु ग्यास प्रयोग भएको हुनसक्ने बताएका छन्।आकाश माथिबाट हेलिकप्टरहरू उड्दा एक किसिमको नराम्रो गन्ध आएको स्थानीयबासी र स्वास्थ्यसम्बन्धी कर्मचारीहरूले जनाएका छन्।
सराकेब शहरका १५ नागरिकलाई अस्पताल लगिएको एक चिकित्सकले बीबीसीलाई बताए।

उनका अनुसार क्लोरिनको गन्धका कारण तिनीहरूमा श्वास–प्रश्वाससम्बन्धी र आँखा पोल्ने समस्या देखिएको थियो।उनले भने, “पन्ध्र जना नागरिकहरू विषबाट प्रभावित भएका थिए। र, हामीले यससँग सम्बन्धित तस्बिरहरू वरपरका अस्पताल र ’ह्वाइट् हेलमेट्’ स्वयम्सेवकहरूबाट प्राप्त गर्यौं। तीन जना स्वयंसेवकहरू पनि विषले प्रभावित भएका थि ए। उनीहरूमा श्वास रोकिएको लक्षण थियो र उनीहरूबाट क्लोरिनको गन्ध आएको थियो। उनीहरूमा आँखा चिलाएको र छटपटी भएको देखिएको थियो।“

सराकेब शहर नजिकैका अन्य गाउँहरूमा हवाई आक्रमण हुँदा छ जना मारिएका छन्।विपक्षी फौजविरुद्ध रासायनिक हतियार प्रयोग गरेको भन्ने अमेरिकी आरोपलाई सिरियाली सरकारले भने खण्डन गरेको छ ।

गत महिना दमास्कसबाहिरको शहर पूर्वी गुटामा विद्रोहीविरुद्ध रकेट आक्रमण भएपछि २० जना भन्दा बढी मानिसमा श्वास–प्रश्वासम्बन्धी समस्याको उपचार गरिएको थियो ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts