मधुमेह रोगीका लागि काँचो केरा कति उचित?

What's This?


Download our app to get more features

पाकेको केराको फाइदा बारेमा त हामी सबै जानकार नै छौं ।

कतिपय व्यक्तिले शरीरलाई सुसंगठीत राख्नको लागि पनि केराको सेवन गर्ने गर्छन । यसबाहेक काँचो केराको प्रयोग तरकारी वा पकौडाको रुपमा पनि हुन्छ । तर, काँचो केरा नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदा पुग्छ ।

काँचो केरामा रोगप्रतिरोधात्मक क्षमताको साथै शरीरलाई सधै उर्जाशील राख्न पनि मद्दत गर्ने गुण हुन्छ । काँचो केरामा एन्टी अक्सिडेन्ट्स र स्टार्चले भरिभराउ हुन्छ । एन्टी अक्सिडेन्ट्स र स्टार्चले तौल घटाउने, कब्जियत हुन नदिने र भोक लागाउने गर्छ । साथै, यी तत्वले मधुमेह नियन्त्रण गर्न पनि भरपुर सहयोग गर्छ ।

जानौं काँचो केरा खानुको फाइदाहरू :

भोकलाई नियन्त्रण गर्छ 
पटक पटक भोक लाग्नु मोटोपनको कारण हुनसक्छ । यदि यस्तो भएमा दैनिक एक कोसा काँचो केरा खाएमा भोक नियन्त्रणमा रहन्छ । काँचो केरामा हुने फाइबरले मोटोपन पनि नियन्त्रणमा रहन्छ ।
 
कब्जियत ठीक गर्छ
काँचो केरामा प्रशस्त फाइबर हुने भएकाले कब्जियतको समस्यालाई समाधान गर्छ । साथै केरामा हुने स्टार्चले पेटमा भएका हानिकारक बस्तुलाई बाहिर पठाउने काम गर्छ । 

तौल घटाउँछ 
भोक नियन्त्रण गर्नु भनेको तौल घटाउन शुरू हुनु हो । काँचो केरामा हुने फाइबरले शरीरमा बोसो जमेर बस्न दिदैन । जसले तौल घताउन मद्दत गर्छ । 

मधुमेहमा राहत
मधुमेहको शुरूको अवस्था मै काँचो केरा खाना थाले मधुमेह नियन्त्रणमा रहने चिकित्सकहरूको भनाइ छ । 

हड्डीलाई बलियो बनाउँछ 
काँचो केरामा भिटामिन, म्याग्निसियम र क्याल्सियमको मात्रा प्रशस्त हुन्छ । जसले शरीरका हड्डीहरूलाई बलियो बनाउनुको साथै हड्डीमा लागेको चोटपटकलाई पनि निको गर्छ ।
 
तनाव कम गर्छ
काँचो केरामा एमिनो एसिडको मात्रा पनि प्रचुर हुन्छ । जसले मष्तिस्कमा हुने परिर्वतनलाई सन्तुलित राख्न मद्दत गर्छ । साथै छिटोछिटो परिर्वतन हुने मष्तिस्कको अवस्थालाई नियन्त्रण गर्छ । 

 

(टाइम्स अफ इण्डिया)

Last modified on 2018-10-10 06:13:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts