झोलेछाप डाक्टरको लापर्वाहीका कारण ३८ जनामा एचआइभी 



Download our app to get more features

बीबीसी,२४ माघ । भारतको उत्तर प्रदेश स्थित उन्नाव जिल्लाका एक झोलेछाप डाक्टरको लापर्वाहीका कारण ३८ जनामा एचआइभी संक्रमण भएको छ । 

हिन्दुस्तान टाइम्सको पहिलो पेजमा छापिएको समाचारलाई उद्वित गर्दै बीबीसीले जनाए अनुसार उक्त डाक्टरले १० रुपैयाँमा उपचार गरिदिने भन्दै एउटै सूई धेरै जनामा प्रयोग गरिदिएका कारण यति ठूलो संङख्यामा मानिस एचआइभी संक्रमित भएका हुन । 
राजेन्द्र यादव नामका ति झोले डाक्टरले आफूकहाँ उपचारका लागि आउने सबै बिरामीलाई एउटै सूई प्रयोग गरिदिने गरेको खुल्न आएको छ । 

ति झोले डाक्टरको कुनै अस्पताल वा क्लिनिक नभएको र आफ्नो मोटरसाइकललाई नै उनले क्लिनीक जस्तै बनाएका थिए र त्यसैमा चढेर विभिन्न गाउँ गाउँ पुगेर बिरामीको १० रुपैयाँमा उपचार गर्ने गर्दथे । 
उनका बारेमा थप अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।  
 

Last modified on 2018-02-26 08:20:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts