यसरी जोगिन सकिन्छ भाइरल फ्लुबाट



Download our app to get more features

विभिन्न भाइरसका कारण माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण हुनुलाई बोलीचालीको भाषामा भाइरल फ्लु भनिन्छ । जाडो महिनामा यी भाइरसहरू बढी सक्रिय हुने हुँदा भाइरल फ्लु धेरै देखिन्छ ।

कारण    
श्वासप्रश्वास नलीमा संक्रमण गराउने विभिन्न भाइरस सक्रिय हुनु नै यो रोग लाग्ने प्रमुख कारण हो । ती मध्ये  पनि राइनो भाइरस भन्ने जीवाणु फ्लुको प्रमुख कारक हो ।

लक्षण
—हाछ्यू आउनु
—सिंगान बग्नु
—खोकी लाग्नु 
—नाक बन्द हुनु
—घाँटी दुख्नु
—ज्वरो आउनु
—मांसपेशीहरू दुख्नु
—टाउको दुख्नु 
—आलाश्य हुनु
—थकाई लाग्नु

सर्ने तरिका
सामान्यतया हाछ्यू गर्दा हावाबाट यो रोग अर्को स्वस्थ मानिसमा सर्छ । सिंगानबाट वा रोगी व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कले पनि यो रोग सर्न सक्छ ।

उपचार
हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले नै सामान्य रुघाखोकी र फ्लु आफै निको हुने भएकाले यसको निम्ती बेग्लै उपचार छैन । घरमै निम्न उपचारहरू गर्न सकिन्छ ।
—आराम गर्ने
—प्रशस्त पानी खाने
—मन तातो पानीले कुल्ला गर्ने
—ज्वरो आएमा वा टाउको दुखेमा सिटामोल र ब्रुफेन खान सकिन्छ ।

बच्ने तरिका
—संक्रमित मानिसको नजिक हिड्दा, बस्दा मास्क लगाउने
—हात धुने
—भिडभाडमा सकेसम्म कम जाने 
—वृद्ध र बालबच्चाले विशेष ख्याल पुराउने
 

Last modified on 2018-02-12 08:19:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts