हरियो खुर्सानी खानुका ७ फाइदा



Download our app to get more features

हरियो खुर्सानीमा भिटामिन ए, बी ६, सी, के, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेट जस्ता धेरै प्रकारका पोषक तत्वहरु पाइन्छ । त्यतिमात्र नभई यसमा बिटा क्यारोटीन, क्रिप्टोक्सान्थिन, लुटेन–जकक्सन्थिन आदि स्वास्थ्यवर्धक गुणहरु पनि हुने गर्छ ।

उसो त  सामान्यतया हरियो खुर्सानीको प्रयोग खानाको स्वाद बढाउनका लागि गरिन्छ । तर, हालै अमेरिकाको मेडिकल अफ फुडले गरेको एक अध्ययनमा हरियो खुर्सानी खानाले स्वास्थ्य सम्बन्धी समस्याहरुबाट छुट्कारा पाउन सकिने जनाएको छ ।

हरीयो खुर्सानी खानुका ७ फाइदा...

१. हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सी ले अन्य भिटामिनहरुलाई शरीरमा राम्रो सँग अवशोषित गर्नमा मद्दत गर्छ ।

२. हरियोे खुर्सानी एन्टी–अक्सीडेन्टको राम्रो स्रोत हो । हरियोे खुर्सानीमा डाइट्री फाइबर्स पर्याप्त मात्रामा पाइन्छ , जसले पाचन पक्रियामा कुनै समस्या हुन दिदैन ।

३. भिटामिन ए ले भरपूर हरियोे खुर्सानी आँखा र छालाको लागि पनि धेरै नै फाइदा जनक हुन्छ ।

४. हरियोे खुर्सानीको नियमित सेवनले ब्लड शुगरको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

५. हरियोे खुर्सानीलाई मूड ठिक बनाउने रुपमा पनि लिने गरिन्छ । यसले मस्तिष्कमा एन्डोर्फिनको क्रियालाई सुचारु गराउँछ जसले हाम्रो मूड धेरै समयसम्म ठिक र प्रसन्न  रहन्छ । 

६. फोक्सोको क्यान्सरबाट बचाउनमा हरियो खुर्सानीको सेवन गर्नाले फाइदाजनक हुन्छ । 

७. हरियोे खुर्सानीमा एन्टी–व्याक्टेरियल गुण हुन्छ , जसले गर्दा शरीर व्याक्टेरियारहित हुन्छ र यसले इम्यून सिस्टमलाई पनि बलियो बनाई राख्नमा मद्दत गर्छ ।


(एजेन्सीको सहयोगमा)

Last modified on 2018-02-13 09:47:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts