अनुहारमा क्रिम लगाउनुहुन्छ भने तपाई सधै आगोको जोखिममा 



Download our app to get more features

बीबीसी,१ फागुन । तपाईले आफुलाई आकर्षक र सुन्दर देखाउन अनुहारमा लगाउने क्रिमले तपाईको ज्यान लिन सक्छ भन्ने कुरा हालै भएको परीक्षणले पुष्टी गरेको छ । 

अकस्मात शरीरमा सल्किएको आगोबाट हुने कयौं मृत्युमा अनुहार तथा शरीरमा लगाइने विभिन्न प्रकारका क्रिम कारक रहेको अध्ययनले देखाएको छ । 

यदि तपाई दिनहुँ क्रिम लगाउनुहुन्छ तर आफूले लगाएका कपडा तथा विस्ताराका कपडा परिवर्तन गर्नुहुन्न भने क्रिममा हुने प्याराफिन कपडामा सजिलै घुल्न पुग्दछ र चुरोट सल्काउँदा,हिटर बाल्दा वा ग्याँस बाल्दा आगोका झिल्का छिटो सम्पर्कमा आई आगलागी हुने सम्भावना धेरै हुने गर्दछ । 

बीबीसीले गरेको एक परीक्षणमा खल्तीमा राखिने क्रिमको बट्टाले भने त्यतिसारो जोखिम नहुने देखाएको छ । गतवर्ष बीबीसीले गरेको एक परीक्षणमा इग्ल्याण्डमा  सन २०१० यता भएका मृत्युमध्ये ३७ मृत्यु अनुहारमा लगाउने क्रिमका कारण भएका छन् । 

यतिमात्र नभएर सन २०१६ यता भएका ८ मृत्यु पनि क्रिमकै कारण भएका छन् । बीबीसीले दमकल सेवाको भनाई उद्धित गर्दै छालामा कुनै रोग  लागेमा मात्र क्रिमको प्रयोग गर्न सुझाव दिएको छ। 


 

Last modified on 2018-02-13 10:07:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts