एसिडिटी छ ? खानुस् यी हेल्दी फूड



Download our app to get more features

केरा

केरामा एसिडिटी सँग लड्ने क्षमता सबैभन्दा बढी हुन्छ । यसमा प्राकृतिक एन्टीएसिड पाइन्छ । केरा नियमित रुपले खानाले एसिडिटीको समस्यामा राहत हुन्छ । यदी तपाईलाई भोक लागेको छ भने खाजाको रुपमा केरा खान सक्नु हुन्छ । एसिडिटीले गर्दा पेट वा घाँटीमा जलन महशुस भयो भने तपाईले केरा खाँदा आराम हुन्छ ।

तुलसीको पात

सर्दी–रुघाखोकीको साथ–साथै तुलसी पातले एसिडिटीमा पनि राहत दिलाउने काम गर्छ । एसिडिटी धेरै छ भने तुलसीको पात खानाले वा पानीमा उमालेर पानी पिउनाले एसिडिटीमा तुरुन्त राहत हुन्छ ।

महि

महिमा ल्याक्टकि एसिड पाइन्छ, जसले गर्दा एसिडिटी भएको बेला महि पिउने वितिक्कै राहत मिल्छ । यदी तपाईले मसालेदार वा हेभी खाना खानु भएको छ भने महि मा भुटेको  जीरा र मरिचको धूलो मिसाएर पिउन सक्नु हुन्छ, यसले एसिडिटी हुँदैन । अथवा महि मा करी पात राखेर पनि पिउन सक्नु हुन्छ ।

नरिवल पानी

नरिवलको पानी शरीरमा भएको पीएचको मात्रालाई अल्कलाइनमा बनाई राख्छ । त्यति मात्र नभई नरिवल पानीले शरीरमा एसिड बनेपछि त्यसको प्रभावबाट हाम्रो पेटलाई बचाउनमा मद्दत गर्छ ।

चिसो दूध

चिसो दूध पिउनाले पेटमा ग्यास बन्दैन । दूधमा क्याल्शियमको मात्रा धेरै हुन्छ ,त्यसैले पेटमा एसिड बन्न दिदैन । एसिडिटीबाट तुरुन्त आराम चाहिन्छ भने चिसो दूध पिउनु सबैभन्दा उत्तम उपाय हो ।

सौँफ

खाना खाईसकेपछि प्रायः सबैले सौँफ खाने गर्छन् । सौँफ खानाले पेटमा ग्यास बन्दैन । तपाईलाई एसिडिटीको समस्याले सताउँछ भने सौँफ राखेर चिया पिउन सक्नु हुन्छ । जसले पेटमा ग्यास बन्दैन र शरीर सुन्निने समस्यमा पनि यसले राहत दिलाउने काम गर्छ ।

सुकुमेल

सुकुमेलले पेटको पाचन प्रणालीलाई ठीक राख्छ । यसले हाम्रो पेटको आन्तरिक भागमा  जलन हुनबाट बचाउँछ । पेटमा एसिडिटीले गाह्रको भयो भने सुकुमेल खाँदा हुन्छ । तपाई सुकुमेललाई पानीमा उमालेर पनि पिउन सक्नु हुन्छ ।

गुड (सखर)

गुडमा म्यागनेशियम पाइन्छ र म्यानेशियमले हाम्रो आन्द्रालाई बलियो बनाई राख्छ । गुडले  पाचन पक्रियामा सुधार हुन्छ । त्यसैले खाना खाइसकेपछि गुड खानु एसिडिटीमा राम्रो हुन्छ ।


(एजेन्सीको सहयोगमा)

Last modified on 2018-02-14 11:06:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts