स्वाईन फ्लुबाट अल्जेरियामा २१ को मृत्यु



Download our app to get more features

अल्जेरिया, २ फागुन । स्वाईन फ्लुको नामले चिनिने ‘एच वान एन वान इन्फ्ल्युन्जा’ का कारण अल्जेरियामा २१ जनाको मृत्यु भएको छ । 

सो रोगबाट उनीहरुको मृत्यु भएको घटनाको स्थानीय सरकारी अधिकारीहरुले पुष्टि गरेका हुन् । 

स्वास्थ्य मन्त्रालयको रोकथाम निर्देशक जामेल फौरारले दिएको जानकारीअनुसार स्वाईन फ्लुको संक्रमणबाट मृत्यु हुनेमा चारदेखि ६५ बर्ष सम्मका नागरिकहरु रहेका छन । 

गत डिसेम्बरमा स्वास्थ्य मन्त्री मोख्तर हास्बेल्लाउइले कसैलाई पनि स्वाईन फ्ल्युको संक्रमण भएको स्विकार गर्नु भएको थिएन । तर, जनवरीमा अल्जेरिया पास्चर इन्स्टिच्युटले स्वाईन फ्लुका कारण ३५ जना प्रभावित भएका घोषणा गरेको थियो ।

रासस

Last modified on 2018-02-14 07:49:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts