बिल तिर्न नसकेपछि अस्पतालले ५ महिनासम्म बच्चा नै दिएन



Download our app to get more features

बीबीसी,२ फागुन । अफ्रीकी देश गबोनस्थित एक निजी अस्पतालले ५ महिनापछि मात्र एक शिशुलाई उसको परिवारलाई दिएको छ । बच्चाका आमा बाबुले अस्पतालको बिल तिर्न नसकेपछि उक्त अस्पतालले बच्चा नै बन्धक राखिदिएको बीबीसीले जनाएको छ ।

यो घटना सार्वजनिक हुने बित्तिकै पूरै देशभर सो परिवारका लागि अभियान नै चलाइएको थियो र उठेको रकमबाट बच्चा अस्पतालबाट छुटाएर बाबु आमालाई फिर्तादिइएको छ । 

अझ मुख्य कुरा त यो छ की गबोनका राष्ट्रपति अली बोगोले समेत उक्त अभियानका लागि केही रकम सहयोग प्रदान गरेका थिए । यो घटना देशव्यापी भएपछि गत सोमबार उक्त अस्पतालका निर्देशक विरुद्ध बच्चा अपरणको मूद्दा दर्ता गरिएको छ ।

बच्चीकी आमा सोनियाले आफ्नो बच्चा ढिलैभएपनि फिर्ता पाएकोमा निकै खुशी भएको बताइन् । तर उनले बच्चा फिर्ता पाएपनि आफनै दूध भने खुवाउन नसक्ने भएकी छिन् किनभने ५ महिनासम्म बच्चालाई दूध चुसाउन नपाएपछि उनको दूध सुकिसकेको छ । 

गबोनका स्थानीय मीडियाका अनुसार प्रीमेच्योर अवस्थामै बच्चा जन्मिएकाले बच्चीलाई ३५ दिनसम्म  इनक्यूबेटरमा राख्नुपरेको थियो र त्यसको खर्च तिर्न नसक्दा अस्पतालले बच्चा नै दिएको थिएन । 
 

Last modified on 2018-02-14 16:59:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts