महिलाको 'स्पाइनल फ्ल्यूड' चोर्ने ४ जना पक्राउ



Download our app to get more features

बीबीसी,२ फागुन । पाकिस्तानमा महिलाको स्पाइनल फ्ल्यूड चोरेको आरोपमा ४ जनालाई पक्रउ गरिएको छ ।

बीबीसीका अनुसार अभियुक्तहरुले महिलाहरुलाई सरकारले आर्थिक सहायता दिनको लागि आफूहरुलाई रगतको नमूना संकलनका लागि खटाएको भन्दै आश्वास्त पार्ने गरेको खुलेको छ । तर उनीहरुले रगत  नझिकेर १२ जना महिलाहरुको स्पाइनल फ्ल्यूड चोरेर कालाबजारी गर्ने कोशिस गरेको समाचारमा जनाइएको छ । 

उनीहरुले हालसम्म १२ महिलाको स्पाइनल फ्ल्यूड चोरिसकेको र त्यसमा एकजना नाबिलका समेत रहेको बताइएको छ । एक व्यक्तिले आफ्नाी १७ वर्षिया छोरीलाई कमजोरी महसुस भएपछि अस्पताल लगेपछि यो सबै रहस्य बाहिर आएको हो । ती अभियुक्तमध्ये एक जनाले आफू जिल्ला अस्पतालको कर्मचारी बताउँदै सरकारले नै आफुहरुलाई रगत संकलन गर्न पठाएको बताउँदै चोरी गर्ने गर्दथे । ती सबै महिलाहरुलाई रगतको नमूना लिन अस्पताल लानुको सट्टा चोरी समूहकै एक महिलाको घर लैजाने र स्पाइन फ्ल्यूड चोरी गर्ने गर्दथे । 

स्पाइनल फ्ल्यूड एक पारदर्शी पदार्थ हो जुन मेरुदण्डको चारैतिर रहेको हुन्छ भने यसको सम्बन्ध दिमागसँग जोडिएको हुन्छ । यसले विभिन्न चोटपटक तथा रोगहरुको आक्रमणबाट शरीरलाई बचाउने काम गर्दछ । स्पाइनल नलीमा सूई रोपेर यसलाई झिक्ने गरिन्छ । सामान्यतया कुनै त्यस्तै प्रकारको रोग जाँचका लागि मात्र यो पदार्थ निकाल्ने गरिन्छ । चोरहरुले स्पाइनल फ्ल्यूड चोरेको पुष्टि भएपनि के कामका लागि चोरेका हुन् भन्ने बारेमा  खुलिनसकेको र अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts