सेक्सका विषयमा सदियौं पहिला गरिन्थ्यो यस्ता 'उट्पट्याङ्ग'



Download our app to get more features

एजेन्सी,२ फागुन । सेक्स,यो शब्द आउने बित्तिकै विभिन्न प्रकारका कुरा तथा धारणाहरु सुन्न पाइन्छ ।

कुनै कुरा कसैका लागि सही हुन्छ भने त्यहि कुरा अर्कोको लागि गलत पनि हुन सक्छ। यहाँ सेक्ससँग जोडिएका केही उट्पट्याङग किस्साहरु उल्लेख गरिएको छ जुन सदियौं पहिला हाम्रा समाजमा हुने गर्थे  । 

अमर हुनु छ भने भर्जिनसँग सेक्स 
करीब ३०० ईसा पूर्व प्राचीन चीनमा एक यस्तो सेक्स मेन्यु बनाइएको थियो जुन धेरैले प्रयोग गर्ने कोशिस गर्थे । यदि कोई पुरुष हरेक रात छुट्टा–छुट्टै भर्जिन अर्थात कुमारी युवतीसँग सेक्स गर्दछ र सेक्सका क्रमममा स्खलित हुदैन भने उसलाई  अमर भएको मानिन्थ्यो ।  

सेक्सका क्रममा महिलाले कुनै आवाज निकाल्न नपाउने
सन १८९४ सम्म सेक्सलाई फोहोरी क्रियाकलापका रुपमा लिने गरिन्थ्यो तर शारीरिक आवश्यकता पूरा गर्न तथा सृष्टि धान्न पनि यसलाई भोग्न जरुरी थियो नै । दुई जनालाई  सेक्स सम्बन्ध बनाउनु छ भने कुनै अध्यारो कोठामा जानुपथ्र्यो उज्यालोमा वा बत्ति बालेर सेक्स गर्नु अपराध सरह लिइन्थ्यो । अझ रमाइलो कुरो त यो छ की,सेक्सका क्रममा महिलाले चुँ गरेर पनि बोल्न मनाइ थियो भने चुपचाप पुरुषका लागि सुतेर शरीर सुम्पिदिने काम मात्र महिलाको थियो । 

कुमारी युवतीलाई परपुरुषसँग सेक्स गर्न लगाइन्थ्यो
प्राचीन असीरियामा वेश्यावृत्तिको अनौठो चलन रहेको थियो । त्याहाँ पनि सबै कुमारी युवतीहरुले वेश्यावृति गर्न अनिवार्य थियो । आर्कषण हासिल गर्नका लागि कुमारी केटीहरुलाई परपुरुषसँग यौनसम्पर्क गराउने गरिन्थ्यो । यो चलनलाई पवित्र कार्यका रुपमा चित्रण गरिन्थ्यो  भने यो नियम कथित तल्लो वा माथिल्लो जात दुवैका युवतीका हकमा लागू हुने गर्दथ्यो । 

कपालको ठूलो जुरो बनाउँदा सेक्स आनन्द बढ्ने विश्वास
१८८८ तिर एक सेक्स गाइड सार्वजनिक गरिएको थियो । जसमा महिलाले क्यासेट( शरीर कसिलो बनाउने एक प्रकारको टाइट लुगा) पहिरन पथ्र्यो यति मात्र नभएर टाउकोको कपालको जुरो पनि भुक्क फुलाएर ठूलो पार्नुपर्दथ्यो जस्ले सेक्समा बढि आनन्द थप्ने विश्वास गरिन्थ्यो । क्यासेटले शरीर अठ्यादिने र रक्तचाप बढ्न गई सेक्समा मजा आउने तथा ठूलो कपालको जुरोले दिमागमा प्रेसर पर्न जाने र बढी मजा आउने विश्वासका साथ त्यास्तो क्रियाकलाप गर्न लगाइन्थ्यो ।

एक महिनामा मात्र ४ पटक सेक्स
सन १९०० मा विवाहलाई लिएर एक किताब छापिएको थियो । जसमा लेखिएको थियो एक महिनामा मात्र ४ पटक यौन सम्पर्क गरौं । यदि कोही दम्पती ४ पटक भन्दा बढि सेक्स गरेमा त्यो अति धेरै हुने र ति दम्पती यौनपिपासुका रुपमा चिनिने उल्लेख गरिएको थियो ।

Last modified on 2018-02-15 07:33:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts